कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा [तस्बिरहरु]

सेन्टरभित्र पानी भरिएपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुमवासीहरू बिचल्लीमा परेका छन् ।

असार २७, २०८३

दीपक केसी, समर्पण श्री

Kirtipur Holding Center Flooded [Photos]

काठमाडौँ — अविरल वर्षाका कारण कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेको छ । सेन्टरभित्र पानी भरिएपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुमवासीहरू बिचल्लीमा परेका छन् ।

Kirtipur Holding Center Flooded [Photos]

लगातारको वर्षाले होल्डिङ सेन्टरभित्रका कोठाहरूमा पानी भरिँदा उनीहरूका सबै बन्दोबस्तीका सामान डुबेका छन् ।

Kirtipur Holding Center Flooded [Photos]

सेन्टरमा आश्रित गिर्वाणिका थापाका अनुसार पानी घुँडाभन्दा माथिसम्म आइसकेकाले सामानहरू सुरक्षित स्थानमा सार्नसमेत पाइएको छैन ।

Kirtipur Holding Center Flooded [Photos]

विपद्को यति लामो समय बितिसक्दा पनि उद्धारका लागि कोही नपुगेको भन्दै उनीहरूले तत्काल उद्धारका लागि आग्रह गरेका छन् ।

Kirtipur Holding Center Flooded [Photos]

होल्डिङ सेन्टरमा बोट प्रयोग गरेर सुरक्षाकर्मीहरूले सामान निकाल्न खोजिरहेका छन् ।

Kirtipur Holding Center Flooded [Photos]

राति पसेको बाढीमा अधिकांशले सामान र लत्ताकपडा निकाल्न पाएनन् । कतिले त औषधिधरि निकाल्न पाएनन् । सुरक्षाकर्मी पनि २ बजे पछि मात्र पुगेका थिए ।

दीपक

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully