दुर्घटनामा परेको जहाजका क्याप्टेनको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीले लिए जानकारी

श्रावण ९, २०८१

कान्तिपुर संवाददाता

The Prime Minister took information about the health condition of the captain of the ship that was involved in the accident

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दुर्घटनामा परेको सौर्य एयरलाइन्सका क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

घाइते क्याप्टेनको उपचारका विषयमा बुझ्न प्रधानमन्त्री ओली केहीबेर अघि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज पुगेका थिए ।

सो क्रममा प्रधानमन्त्री ओलीले उनको उपचारमा संलग्न चिकित्सक र परिवारजनसँग समेत कुराकानी गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो भने क्याप्टेन मनिषरत्न शाक्य घाइते भएका थिए । 

सौर्य एयरलाइन्स जहाज दुर्घटना

कान्तिपुर

Link copied successfully