कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

दुर्घटनामा परेको जहाजका क्याप्टेनको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीले लिए जानकारी

श्रावण ९, २०८१
दुर्घटनामा परेको जहाजका क्याप्टेनको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीले लिए जानकारी

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दुर्घटनामा परेको सौर्य एयरलाइन्सका क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

घाइते क्याप्टेनको उपचारका विषयमा बुझ्न प्रधानमन्त्री ओली केहीबेर अघि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज पुगेका थिए ।

सो क्रममा प्रधानमन्त्री ओलीले उनको उपचारमा संलग्न चिकित्सक र परिवारजनसँग समेत कुराकानी गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो भने क्याप्टेन मनिषरत्न शाक्य घाइते भएका थिए ।

प्रकाशित : श्रावण ९, २०८१ २०:०२
×