सौर्य जहाज दुर्घटना : विमानस्थलदेखि अस्पतालसम्म [तस्बिरहरू]
काठमाडौँ — सौर्य एयरलाइन्सको जहाज उड्ने वित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा बाँचेका पाइलट मनिषरत्न शाक्यको उपचार भइरहेको छ । विमान दुर्घटनापछि त्यसक्षेत्रमा तत्कालै उद्धारको काम भएको थियो । प्रधानमन्त्री लगायतका सरकारी अधिकारीहरू दुर्घटनाबारे बुझ्न घटनास्थल पुगेका थिए । दुर्घटनामा परी निधन भएकाहरूको शव त्रिवि अस्पतालमा राखिएको छ । त्यहाँ शोकाकुल परिवारजनको चित्कार र रुवावासी चलेको छ । विमान दुर्घटना, उद्धार र अस्पतालसम्मका दृश्य कान्तिपुरको क्यामेरामा यसरी कैद भएका छन् :