विस्तृत परीक्षण र मर्मत (सी–चेक) का लागि काठमाडौंबाट पोखरातर्फ उडेको सौर्य एयरलाइन्सको ९ एन–एएमई कलसाइनको जहाज बुधबार बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी को–पाइलटसहित १८ जनाको मृत्यु भएको छ, जसमध्ये १७ नेपाली र एक यमनी नागरिक हुन् । पाइलट मनीषरत्न शाक्य घाइते छन् ।
काठमाडौंको थापाथलीस्थित परोपकार स्त्रीरोग तथा प्रसूति अस्पतालबाट २६ दिनको शिशु चोरी भएको छ । काभ्रेको चौरीदेउराली गाउँपालिका-३ स्थायी घर भई हाल कपन बस्ने सविता श्रेष्ठको २६ दिनको बच्चा अस्पतालबाटै चोरी भएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।
ललितपुरको पुल्चोकस्थित होटल स्क्वायरमा रहेको स्विमिङ पुलमा भदौ १५ गते, शुक्रबार दिउँसो पौडी खेलिरहेको बेला करेन्ट लागेर मानभवन निवासी सजिलमान शाक्य गम्भीर घाइते भएको घटनामा प्रहरीले ५ महिनापछि मात्र जाहेरी दर्ता गरेको छ ।