सौर्य जहाज दुर्घटना : क्षतिपूर्तिको टुंगो नलागेसम्म शव नबुझ्ने मृतकका आफन्तको भनाइ

श्रावण १०, २०८१

कान्तिपुर संवाददाता

Solar Ship Crash: Relatives of the deceased say that they will not identify the body until the compensation is settled

काठमाडौँ — सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तले क्षतिपूर्तिको टुंगो नलागेसम्म शव नबुझ्ने बताएका छन् । बिहीबार त्रिवि शिक्षण अस्पतालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेकै अगाडि उनीहरूले एयरलाइन्सले क्षतिपूर्तिको टुंगो नलगाएसम्म शव नबुझ्ने अडान लिएका हुन् ।  

बिहीबार दिउँसो अस्पतालम मन्त्री पाण्डे, सौर्य एयरलाइन्सका एकाउन्टेबल म्यानेजर गोपाल भट्टराई र परिवारका आफन्तबीच छलफल भएको थियो । छलफलका क्रममा एयरलाइन्सका प्रतिनिधि भट्टराईले 'रिजनेबल' क्षतिपूर्ति दिइने जनाए पनि रकम खुलाउन सकेनन् ।

मृतकका आफन्तले भने निर्णय गर्न सक्ने  एयरलाइन्सका उच्च अधिकारी नै छलफलमा आउनुपर्ने बताएका थिए । मन्त्री पाण्डेले शुक्रबार दिउँसोसम्म सहमतिको प्रयास गरिने आश्वासन दिएका छन् । शुक्रबार दिउँसो २ बजेअघि मन्त्रालय, एयरलाइन्सका प्रतिनिधि र मृतकका आफन्तबीच अस्पतालमा छलफल हुने भएको छ । 

विस्तृत परीक्षण र मर्मत (सी–चेक) गर्न काठमाडौंबाट पोखराका लागि उड्दा उड्दै सौर्य एयरलाइन्सको विमान बुधबार काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो । फेरि फ्लाइट (गैरव्यावसायिक उडान) मा रहेको सौर्य एयरको ५० सिट क्षमताको क्यानेडियन ‘बमबार्डियर जेट सीआरजे–२००’ विमान बुधबार दुर्घटना हुँदा १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो क्याप्टेन मनीषरत्न शाक्यलाई भने जीवितै उद्धार गरिएको छ। शाक्यको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 

सौर्य एयरलाइन्स जहाज दुर्घटना

कान्तिपुर

Link copied successfully