माओवादी पदाधिकारी बैठक : महरा आफैंले राजीनामा दिनुपर्ने नेताहरूको भनाइ

चैत्र ६, २०८०

कान्तिपुर संवाददाता

Maoist officials meeting: Leaders say Mahara himself should resign

काठमाडौँ — सुन तस्करीमा संलग्न रहेको अभियोगमा प्रहरी हिरासतमा रहेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महराबारे माओवादी अनिर्णित भएको छ । महरालाई निलम्बन गर्ने/नगर्नेबारे निर्णय गर्न बसेको पदाधिकारी बैठकले अझै तीन दिन पर्खने भएको छ ।

पदाधिकारी बैठकमा अधिकांश पदाधिकारीले उपाध्यक्ष पदबाट निलम्बन गर्नुअघि आफैं राजीनामा दिनु उपयुक्त हुने धारणा राखे ।‘आरोप लागेपछि महराजीले आफैं राजीनामा दिनु उपयुक्त हुने पदाधिकारीको धारणा राखे,’ एक पदाधिकारीले भने, ‘केही पदाधिकारीले भने महरालाई हिरासतमा राख्न दिइएको चार दिने म्याद पर्खनुपर्ने विचार राख्नुभयो ।’

स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट निलम्बन गर्नुअघि एक पटक महराको धारणा बुझ्नुपर्ने बताए । महराले हिसासतको म्यादसम्म आफूलाई निर्णय गर्ने समय दिन सूचना पार्टीलाई पठाएका छन् । सोमबार कपिलवस्तुबाट पक्राउ गरी काठमाडौं ल्याइएका महरालाई जिल्ला अदालतले चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो । अदालतको अनुमतिले उनी नर्भिक अस्पतालमा उपचार छन् ।

सुन तस्करी प्रकरण

कान्तिपुर

Link copied successfully