उपाध्यक्ष महरा पक्राउबारे माओवादीको पदाधिकारी बैठकमा छलफल

चैत्र ६, २०८०

कान्तिपुर संवाददाता

The arrest of Vice President Mahara was discussed in the meeting of Maoists

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) को पार्टी पदाधिकारी बैठकमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेको विषयमा छलफल भएको छ ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा उपाध्यक्ष महरा पक्राउ परेको सम्बन्धमा छलफल भएको हो । छलफलपछि माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले उपाध्यक्ष महरा पक्राउ परेको विषयमा पदाधिकारी बैठकमा छलफल भएको र पार्टीले पुनः बैठक बसेर निर्णय लिने जानकारी दिए । ‘तपाईहरूले जान्न खोज्नुभएको उपाध्यक्ष कमरेड कृष्णबहादुर महराको बारेमा छ । हाम्रो धेरै राम्रोसँग छलफल भइरहेको छ । यसका हरेक पाटा पक्षमा हामीले गम्भीरतापूर्वक छलफल गरेका छौँ । छलफल जारी छ । छिटोभन्दा छिटो निष्कर्षमा पुग्छौँ,’ उनले भने । 

सुन प्रकरणमा सोमबार भैरहवाबाट उपाध्यक्ष महरालाई प्रहरीले पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतले महरालाई ४ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमतिसमेत दिइसकेको छ ।

सुन तस्करी प्रकरण

कान्तिपुर

Link copied successfully