कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति सम्भव छैन : ओली

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले परिपक्व प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।  मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले कांग्रेसले सरकारबाट बाहिरिनुपरेको पीडा पोखिरहेको आरोप लगाएका हुन् ।

गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति सम्भव छैन : ओली

सरकारभन्दा बाहिर हुनेबित्तिकै कांग्रेसले आवेश, उत्तेजना देखाउने, प्रतिशोधपूर्ण अभिव्यक्ति, क्रियाकलाप गर्ने र संसद अवरुद्ध गर्ने जस्ता क्रियाकलाप गर्नु नहुने ओलीको भनाइ छ ।

‘अहिले उहाँहरू सरकारबाट बाहिर हुनुहुन्छ । सरकारभन्दा बाहिर हुनेबित्तिकै नेपाली कांग्रेस जस्तो पार्टीले कुनै आवेश, उत्तेजना देखाउने, प्रतिशोधपूर्ण अभिव्यक्ति, क्रियाकलाप गर्ने र संसद अवरुद्ध गर्ने जस्ता क्रियाकलाप गर्नु हुँदैन । हामी नेपाली कांग्रेसबाट एउटा परिपक्व प्रतिपक्षको भूमिका माग्दछौँ । संसदीय छानबिन समिति कसरी र केका लागि बन्ने ? सम्भव नै छैन,’ उनले भने।

अध्यक्ष ओलीले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न कांग्रेसले संसदीय समितिको माग गरे पनि सम्भव नरहेको बताए ।

प्रकाशित : चैत्र ६, २०८० १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?