सत्ता गठबन्धन हेरफेर

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

चैत्र ९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता चलिरहेक...

स्वास्थ्यमन्त्रीमा दोहोरिएका यादवका चुनौती

हरेक पटक मन्त्रिपरिषद् फेरबदल हुँदा प्रायः प्राथमिकतामा नपर्ने मन्त्रालयमध्ये एउटा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि हो । यो पटकको मन्त्रिपरिषद् फेरबदलमा पनि यस मन्त्रालयले अन्तिममा मात्रै नेतृत्व पायो । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले यसको जिम्मेवारी सम्हालेका छन् । 

सत्ता गठबन्धनले सार्वजनिक गरेको न्यूनतम नीतिगत र साझा संकल्प यस्तो छ [पूर्णपाठ]

सत्तारूढ गठबन्धनको न्यूनतम नीतिगत र साझा संकल्प सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल  र गठबन्धनमा आबद्ध ५ दलका शीर्ष नेताहरूको उपस्थितिमा उक्त संकल्प सार्वजनिक गरिएको हो ।

सत्तारूढ गठबन्धनको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक

सत्तारूढ गठबन्धनको न्यूनतम नीतिगत र साझा संकल्प सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल  र गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा उक्त संकल्प सार्वजनिक गरिएको हो ।

रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबने संसद्को आगामी बैठक चल्दैन : रामहरि खतिवडा

कांग्रेस सांसद रामहरि खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन नभए आगमी संसद्को बैठक चल्न नदिने बताए । 

गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति सम्भव छैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले परिपक्व प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।  मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले कांग्रेसले सरकारबाट बाहिरिनुपरेको पीडा पोखिरहेको आरोप लगाएका हुन् ।

सुशासनका सवालमा म आफ्नो अरुको पार्टी भनेर आग्रह-पूर्वाग्रह राख्दिनँ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सुशासन कायम गर्ने सवालमा आफूले कसैसँग पनि कुनै पनि सम्झौता नगर्ने बताएका छन् । मंगलबार  प्रतिनिधिसभाका सांसदहरूले सोधेको प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री दाहालले अनुसन्धानबाट कैफियत देखिएमा कसैले पनि उन्मुक्ति नपाउने स्पष्ट पारेका हुन् । 

सुदूरपश्चिममा नागरिक उन्मुक्तिले कांग्रेस सरकारलाई समर्थन गर्ने

सुदूरपश्चिम प्रदेशमा वर्तमान सरकार जोगिने वा ढल्ने अन्योलताकाबीच नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्ने निर्णय गरेको छ । आइतबार पार्टीको संसदीय दलको बैठकले कांग्रेस नेतृत्वको वर्तमान सरकारका मुख्ख्यमन्त्री कमलबहादुर शाहलाई नै समर्थन गर्ने निर्णय गरेको हो ।

कोशीमा अब नयाँ सरकार कि मध्यावधि ? 

बारम्बार बन्ने र ढल्ने अस्थिरताबाट गुज्रिंदै आएको कोशी प्रदेश सरकार केन्द्रीय गठबन्धनमा आएको परिवर्तनसँगै फेरि संकटोन्मुख बन्न पुगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार प्रतिनिधिसभाबाट विश्वासको मत लिएसँगै गठबन्धनको ध्यान प्रदेश सरकार परिवर्तन गर्नेतिर गइरहेका बेला प्रमुख प्रतिपक्ष कांग्रेसले कोशीमा संविधानको अन्तिम विकल्पबाट मुख्यमन्त्री बनेका केदार कार्की नेतृत्वको सरकार हटाउने संवैधानिक व्यवस्था नभएको निष्कर्ष निकालेको हो । 

प्रधानमन्त्री दाहालले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्‍को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । 

सरकारमा सहभागी बनेपछि रास्वपा भन्छ : आसन फेरिएको हो, चरित्र फेरिएको छैन

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकारमा रहँदा पनि जनताका आवाज मर्न नदिने बताएका छन् । बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद पराजुलीले आफूहरूको आसन मात्रै फेरिएको र चरित्र पुरानै रहेको भन्दै  जनताका आवाज उठाउने कुरामा नै आफूहरु केन्द्रित हुने बताए । उनले सदनमा क्यालेन्डर लागू भएको कुरा रास्वपाकै देन रहेको बताए ।

प्रधानमन्त्री दाहाललाई १५ महिनामा तेस्रोपटक विश्वासको मत

सत्ता गठबन्धनमा आएको फेरबदलका कारण प्रधानमन्त्री पुष्पकमल दाहालले १५ महिनामा तेस्रोपटक प्रतिनिधि सभाबाट विश्वासको मत लिएका छन् ।एमाले, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादीको पाँच दलीय गठबन्धनको बलमा उनले विश्वासको मत प्राप्त गरेका हुन् ।

प्रधानमन्त्रीप्रति राजेन्द्र पाण्डेको गुनासो  : खोलाको बगरको ठुटोलाई छोडेझैं गरेर हिँड्नुभयो

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहालको आलोचना गरेका छन् । नयाँ सत्ता समीकरण निर्माण गर्ने कुरा नेकपा (एकीकृत समाजवादी) लाई थाहा नदिएकोमा पाण्डेले प्रधानमन्त्री दाहालप्रति आक्रोश पोखेका हुन् ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताउँदै श्रेष्ठले भनिन् : दलहरूले आफ्नो धरातल स्पष्ट गर्नुपर्छ

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले राजनीतिक दलहरूले आफ्नो धरातल स्पष्ट पार्नुपर्ने बताएकी छन । उनले साना राजनीतिक दलहरूलाई जनताको भरोसा हुन् भन्ने बुझ्न पनि प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएकी छन् । 

चेस खेल्न बसेपछि गोटी चाल्नैपर्छ, 'चेकमेट' गर्ने दिन पनि आउला : स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष तथा सांसद स्वर्णिम वाग्ले नयाँपन र अनुभवको सन्तुलन मिलाउनका लागि आफूहरू सरकारमा गएको बताएका छन् । उनले केही गरौं भन्ने मनसायले सरकारमा गएको उल्लेख गर्दै 'चेख खेल'को उदाहरण दिए । 'फ्रेसनेस र अनुभवको सन्तुलन मिलाउने कुरा हो', वाग्लेले भने,'चेस खेल्न बसेपछि गोटी चाल्नै पर्छ, हात्ती घोडा, रानी प्यूसो सब चालेर एकदिन 'चेकमेट' नै गर्ने दिन पनि आउँछ ।'

अहिलेको गठबन्धन वैचारिक र सैद्धान्तिक हिसाबले आवश्यक छ : यादव 

माओवादी केन्द्रका सांसद महिन्द्र राय यादवले एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा, एकीकृत समाजवादीलगायत रहेको सत्तारुढ गठबन्धन वैचारिक र सैद्धान्तिक हिसाबले आवश्यक रहेको बताएका छन् । 

'पोहोर २ महिनामा सरकार फेर्दा अस्थिरता भएन, अहिले चाहिँ अस्थिरता भन्ने ?'

एमाले अध्यक्ष तथा सत्तारुढ दलका नेता केपी शर्मा ओलीले कांग्रेसले पटक-पटक धोका दिएको प्रसंग उठाउँदै उनले अस्थिरताको कारण पनि उही भएको बताए ।

गठबन्धन परिवर्तनमा प्रचण्ड र मलाई जस दिए हुन्छ : ओली 

एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन परिवर्तनमा कांग्रेस र छिमेकी मुलुकले अन्य मुलुकले गरेको हो भन्ने आरोप सही नभएको बताएका छन् । गठबन्धन परिवर्तनमा प्रधानमन्त्री पुष्पकमल दाहाल मुख्य रहेको र आफूले साथ दिएको बताए । 

अहिलेको शक्ति विन्यासमा हामी सबैको स्वामित्व र अपनत्व छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक दलहरूले आगामी दिनमा पनि सहमति र सहकार्यका साथ अगाडि बढ्नुपर्ने बताएका छन् । संसद्मा विश्वासको प्रस्ताव राख्ने क्रममा बुधबार प्रधानमन्त्री दाहालले सबै दलहरू राज्य सञ्चालनमा सहभागी रहेको पनि स्मरण गराए ।