सुशासनका सवालमा म आफ्नो अरुको पार्टी भनेर आग्रह-पूर्वाग्रह राख्दिनँ : प्रधानमन्त्री दाहाल

चैत्र ६, २०८०

कान्तिपुर संवाददाता

In the matter of good governance, I don't insist on being someone else's party: Prime Minister Dahal

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले सुशासन कायम गर्ने सवालमा आफूले कसैसँग पनि कुनै पनि सम्झौता नगर्ने बताएका छन् । मंगलबार  प्रतिनिधिसभाका सांसदहरूले सोधेको प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री दाहालले अनुसन्धानबाट कैफियत देखिएमा कसैले पनि उन्मुक्ति नपाउने स्पष्ट पारेका हुन् । 

'सुशासन कायम गर्ने सवालमा म कुनै पनि सम्झौता गर्दिनँ,' प्रधानमन्त्री दाहालले भने, 'यसमा आफ्नो पार्टी र अरुको पार्टी भन्ने आग्रह र पूर्वाग्रह मैले राख्दिनँ । यदि अनुसन्धानबाट कैफियत देखिएमा कसैलाई पनि कारबाही गर्न कुनै पनि कुराले रोक्ने छैन ।'

सुशासनको सङ्कल्प लिएर आफूले सरकारको नेतृत्व गरेदेखि नै ठूलाठूला भ्रष्टाचार, सुन तस्करी, जग्गा हिनामिना लगायतका काण्डहरूको छानबिन भइरहेका उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस कार्यलाई अझै प्रभावकारी बनाइने बताए । 

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका विषयमा प्रतिपक्षी दलहरूले उठाएको विषयमा प्रधानमन्त्री दाहालले भने, 'हालसम्मको अनुसन्धानले उहाँ सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारीलगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा पनि कहीँ कतै जोडिएको देखिएको छैन ।'

सत्ता गठबन्धन हेरफेर

कान्तिपुर

Link copied successfully