सहकारी ठगी प्रकरणलाई लिएर उपप्रधान तथा गृहमन्त्रीमाथि कांग्रेसले उठायो प्रश्न

फाल्गुन ३०, २०८०

कान्तिपुर संवाददाता

Congress raised questions about the Deputy Prime Minister and Home Minister regarding the cooperative fraud case

काठमाडौँ — मुलुकका विभिन्न जिल्लामा भएका सहकारी ठगी प्रकरणमा संलग्न भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएको छ । सहकारी ठगीमा संलग्न भएको सरकारी प्रतिवेदन रहेको भन्दै गृहमन्त्रीमातहतको प्रहरीले कसरी निष्पक्ष छानबिन गर्ला भनेर प्रश्न गरेको हो । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा कांग्रेस सचेतक सुशीला थिङले गृहमन्त्रीमा लामिछानेलाई जिम्मेवारी दिएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिनुपर्ने बताइन् । 'क्लिन चिट पाएका मन्त्रीहरू कसरी ल्याउनुभएछ भन्दाखेरि सहकारी ठगीमा जोडिएका, पोखरा महानगरिपालिकाले प्रतिवेदन दिएर अनुसन्धानमा रहेका गृहमन्त्री बनाएर ल्याउनुभएछ,' उनले भनिन्, 'के नेपाल सरकारका प्रहरीले गृहमन्त्रीलाई स्यालुट गर्दै अनुसन्धानमा आफ्नो मुद्दामा आफूलाई दोषी हो भन्ने ठहर हुनेगरी यो अनुसन्धान होला कि नहोला ? यो जवाफ प्रधानमन्त्रीले दिने कि नदिने ?'

आफ्नो मुद्दाको फैसला आफैले गर्ने गरी गृहमन्त्रीमा लामिछानेलाई ल्याइएको कांग्रेसले भनेको छ । 

त्यस्तै, कांग्रेसले तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको सचिवालय सुन तस्करीका जोडिएको विषयमा प्रश्न उठाएको छ । उक्त प्रकरणको छानबिन स्वतन्त्र रूपमा हुनुपर्ने कांग्रेसको माग छ । 'तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको सचिवालय सुन तस्करीमा जोडिएको कुरा आएको छ । यो विषयमा निराकरण नभएसम्म अबको सदनहरू त्यति सहजै चल्छ भन्ने अनुमान नगरदिनु,' सचेतक थिङले बताइन् । 

सुन तस्करी प्रकरणसत्ता गठबन्धन हेरफेरसहकारी अनियमितता

कान्तिपुर

Link copied successfully