राष्ट्रिय सभा उपाध्यक्षमा एकीकृत समाजवादीको दाबी

फाल्गुन २९, २०८०

कान्तिपुर संवाददाता

Unified Socialist claim for National Assembly Vice President

काठमाडौँ — नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभा उपाध्यक्ष आफ्नो पार्टीले पाउनुपर्ने दाबी गरेको छ । समाजवादीले गठबन्धनमा सहकार्य बलियो बनाउन आफूलाई राष्ट्रिय सभा उपाध्यक्ष दाबी गरेको हो ।

एकीकृत समाजवादी उपमहासचिव प्रकाश ज्वालाले राष्ट्रिय सभा उपाध्यक्ष दाबी गरेको र अरु चार दल सकारात्मक भएको बताए । ‘राष्ट्रिय सभा उपाध्यक्ष हाम्रो पार्टीले पाउनु पर्छ भनेका छौं । गठबन्धमा रहेका पाँच दल सकारात्मक छन्,’ उनले भने, ‘सहमतिका लागि मंगलबार पाँच दलको विज्ञप्तिमा उपाध्यक्षबारे उल्लेख छैन ।’ उनले राष्ट्रपतिबाट मनोनीत राष्ट्रिय सभा एक सदस्यमा पनि आफ्नो पार्टीको दाबी रहेको बताए ।

एकीकृत समाजवादी सरकारमा आउनुअघि एमालेले उपाध्यक्ष लिने सहमति भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई जोडबलका साथ गठबन्धन सरकारमा सहभागी हुन सहमत गराएका थिए ।

मंगलबार भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार नारायणप्रसाद दाहाल राष्ट्रिय सभा अध्यक्षमा विजयी भइसकेका छन् । 

कान्तिपुर

Link copied successfully