सीआईबी प्रमुख बज्राचार्यको सरूवा, श्याम ज्ञवालीलाई ल्याइयो

चैत्र २, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — मन्त्रिपरिषद् बैठकले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी किरण बज्राचार्यलाई सरूवा गरेको छ । उनको ठाउँमा अर्का एआईजी श्याम ज्ञवालीलाई ल्याइएको छ ।

प्रहरी प्रधान कार्यालय कार्य विभाग प्रमुख रहेका ज्ञवालीलाई सीआईबी पठाएर उनको ठाउँमा बज्राचार्यलाई लगिएको छ । 

सुन तस्करी प्रकरणको  अनुसन्धानमा लापरबाही गरेको भन्दै जाँचबुझ आयोगले बज्राचार्यलाई विभागीय कार्बाही गर्ने सिफारिस गरेपछि मन्त्रिपरिषद्ले  सीआईबीको नेतृत्व हेरफेर गरेको हो । 

सुन तस्करी प्रकरण

कान्तिपुर

Link copied successfully