कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

सीआईबी प्रमुख बज्राचार्यको सरूवा, श्याम ज्ञवालीलाई ल्याइयो

काठमाडौँ — मन्त्रिपरिषद् बैठकले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी किरण बज्राचार्यलाई सरूवा गरेको छ । उनको ठाउँमा अर्का एआईजी श्याम ज्ञवालीलाई ल्याइएको छ ।

सीआईबी प्रमुख बज्राचार्यको सरूवा, श्याम ज्ञवालीलाई ल्याइयो

प्रहरी प्रधान कार्यालय कार्य विभाग प्रमुख रहेका ज्ञवालीलाई सीआईबी पठाएर उनको ठाउँमा बज्राचार्यलाई लगिएको छ ।

सुन तस्करी प्रकरणको अनुसन्धानमा लापरबाही गरेको भन्दै जाँचबुझ आयोगले बज्राचार्यलाई विभागीय कार्बाही गर्ने सिफारिस गरेपछि मन्त्रिपरिषद्ले सीआईबीको नेतृत्व हेरफेर गरेको हो ।

प्रकाशित : चैत्र २, २०८० १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?