माओवादी उपाध्यक्ष महरालाई हाजिरी जमानीमा छाड्ने तयारी

चैत्र ९, २०८०

कान्तिपुर संवाददाता

Preparing to release Maoist Vice President Mahara in court

काठमाडौँ — सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाड्ने तयारी गरिएको छ ।

शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा छाडिने भएको हो । 

नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार सरकारी वकिलको कार्यालयको रोहबरमा महरालाई छाड्न लागिएको हो । उक्त प्रकरणमा महरामाथि छानबिन भने जारी रहने ती अधिकारीले बताए । 

महरालाई प्रहरीले सोमबार कपिलवस्तुबाट पक्राउ गरेको थियो । काठमाडौंबाट रोल्पा जानका लागि भैरहवा विमानस्थल हुँदै गएका उनलाई रूपन्देही प्रहरीले पक्राउ गरेको थियो । स्वास्थ्य अवस्था कमजोर भएका कारण उनी नर्भिक अस्पतालमा उपचाररत छन् । 

सुन तस्करी प्रकरण

कान्तिपुर

Link copied successfully