एक वडाध्यक्ष पद जित्न करोडौं खर्च गर्न र उस्तै परे मर्न, मार्न तम्सिने हजारौं पदलोलुपको समाजमा सिंहासन र राज्य त्यागेर ज्ञानको खोजीमा निस्केका बुद्धको जीवन त्यसै पनि आकर्षक लाग्छ । तर, बुद्धको असली आकर्षण उनको त्यागमा होइन, उनले प्राप्त गरेको ज्ञानमा छ । र, त्यस ज्ञानको आलोकमा हरेक मानिसमा उनकै अवस्थामा पुग्ने सम्भावना भएकामा उनीप्रति आकर्षण बढ्दै गएको छ ।
शिलान्यासको ६ वर्षपछि २०१९ मा भवन उद्घाटन गर्दा हरिप्रसाद प्रधान दोस्रो पटक प्रधानन्यायाधीश भएर सर्वोच्चमा पुगेका थिए, कानुनी ज्ञान भएको जनशक्ति नेपालमा नभएपछि अन्तरिम सरकारका गृहमन्त्री बीपी कोइरालाले आफ्नो प्रवासी जीवनमा चिनजान भएका कालिङपोङ निवासी हरिप्रसाद प्रधानलाई नेपाल झिकाएका थिए
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा बिरामी लक्ष्मणकिशोर चौधरीको तेस्रो पटक मिर्गौला प्रत्यारोपण भएको छ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा बिरामी लक्ष्मणकिशोर चौधरीको तेस्रो पटक मिर्गौला प्रत्यारोपण
राजनीतिकरणले गर्दा संवैधानिक अंगहरुले नै आत्मविश्वासै गुमाएका छन् । कामहरु पनि प्रभावित भएका छन् । कार्यपालिका, विधायिका, न्यायपालिका सबैको नियुक्ति प्रणालीमा भएको त्रुटिहरु राजनीतिकरणको खास प्रभावले हो ।
अपराध संहिताको संशोधित मस्यौदामा जुनसुकै कसुर गरे पनि १४ देखि १६ वर्षकालाई बढीमा ५ वर्ष कैद र १६ देखि १८ वर्षकालाई बढीमा ७ वर्ष कैद सजाय उल्लेख छ ।
अब गोला प्रक्रियाबाट मन्त्रिपरिषद् चलाइदिने हो भने के हुन्छ ? प्रहरीले त्यसो गरे के हुन्थ्यो ? युनिभर्सिटी, अस्पताल र हरेक आयोगमा त्यस्तो भयो भने के हुन्छ ? अख्तियारका पनि विभिन्न विभाग हुन्छन्, यसमा यस्तो भयो भने के हुन्छ ?
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अन्य इजलासमा जस्तै संवैधानिक इजलासमा पनि गोला प्रक्रियाबाट न्यायाधीश छान्ने तयारीमा छन् भने वरिष्ठ न्यायाधीशहरू पूर्ववत् रूपमा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन हुनुपर्ने पक्षमा छन् ।
‘द भिगन सोसाइटी’ को २०२० को प्रतिवेदनअनुसार विश्वव्यापी रूपमा शाकाहारी जनसंख्या ७ करोड ९० लाख नाघेको छ । यसलाई मानव सभ्यतामा आएको हरित लहर भनी टिप्पणी पनि गरिएको छ ।
पोखरा मियाँपाटनमा वि.सं. १९७५ फागुन १५ गते जन्मिएका लोककवि अलिमियाँ ९ वर्षको उमेरदेखि नै लोकसंगीतमा लागेर रनवन घन्काउँदै हिँडेका थिए । उनका गीति किताबहरू पनि प्रकाशित छन्।