२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सुकार्यलाल श्रेष्ठ

सुकार्यलाल श्रेष्ठका लेखहरु :

श्रमिकका परिश्रम [तस्बिरहरू]

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदैछ । विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा यस दिवसलाई लिने गरेका छन् ।

मध्यपुर थिमिमा मनाइयो सिन्दुर जात्रा  

मध्यपुर थिमिका नेवार समुदायले आइतबार सिन्दुर जात्रा अर्थात सुथःसिया जात्रा धुमधाम साथ मनाएका छन् । बिस्का (बिस्केट) जात्राको अवसरमा मनाइने मध्यपुर थिमिवासीको सिन्दुर जात्रा प्रसिद्ध मानिन्छ ।

पाटनमा दौडाइयो घोडा [तस्बिरहरु]

काठमाडौं उपत्यकामा सोमवार घोडेजात्रा पर्व मनाइएको छ । प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन यो पर्व मनाइन्छ । ललितपुरको पाटनमा भने एउटा घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । यो वर्ष पनि पाटन दरबार क्षेत्रदेखि बालकुमारी मन्दिरसम्म घोडा दौडाएर घोडेजात्रा मनाइएको छ ।

वसन्तपुरमा ठड्याइयो चीर

फागू पूर्णिमा सुरुवात भएको संकेतस्वरूप बिहीबार वसन्तपुरमा विधिवत रूपमा चीर ठड्याइएको छ । बिहानको शुभसाइतमा रंगीचंगी कपडाको टुक्रा झुन्ड्याएर चीर ठड्याइएको हो । हनुमानढोका दरबारको दक्षिणतर्फ छत्र आकारमा रंगीचंगी कपडाका टुक्रा झुन्डाएर सिंगारिएको चीर ठड्याइएको हो । मानन्धर समुदायद्वारा फाल्गुन शुक्ल अष्टमीका दिन चीर गाड्ने चलन छ ।

पशुपतिनाथमा उल्लासमय महाशिवरात्रि [तस्बिरहरु]

आज (शुक्रबार) महाशिवरात्रि पर्व, देशभर आराध्यदेव महादेवको पूजा आराधनासहित मनाइँदैछ । आज महादेवको पूजा आराधनाका लागि काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । आज नदीमा स्नान गरी शुद्ध भई बिहानैबाट शिवालयमा पुगेर श्रद्धापूर्वक महादेवको पूजा आराधना गर्ने गरिन्छ ।