कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सके विश्वकै लागि अनुकरणीय हुन्छ : देउवा

श्रावण २३, २०८१
शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सके विश्वकै लागि अनुकरणीय हुन्छ : देउवा

काठमाडौँ — कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनसके विश्वका लागि नै नेपाल अनुकरणीय हुने बताएका छन् ।

बुधबार सिंहदरबारमा टिआरसी विधेयक सहमतिको प्रतिवेदन बुझ्दै उनले यस्तो धारणा राखेका हुन् ।

‘साथीहरुले धेरै महेनत गरेर नेपाललाई एउटा युनिक किसिमको आफैँले नै नेपालको शान्ति प्रक्रिया टुंग्याउनका लागि यो मेहनत गर्नुभयो । सबै धन्यवादका पात्र हुनुहुन्छ । नेपालले यसलाई राम्रोसँग कार्यान्वयन गरेको र टुंग्याएको खण्डमा संसरमा नै यो अनुकरणीय हुनेछ । र यसले नेपालको अझ पूर्ण रुपमा सम्पन्न भए नेपाललाई अनुकरणीय रुपमा लिनेछन्’ सभापति देउवाले भने ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहजीकरणका लागि गठित राजनीतिक दलको कार्यदलले तयार पारेको सहमतिसहितको प्रतिवेदन बुधबार शीर्ष नेतालाई बुझाइएको हो ।

प्रकाशित : श्रावण २३, २०८१ १३:०९
×