कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

लोकतन्त्रविरुद्धका प्रवृत्ति देखा पर्दैछन्, सरकार सजग छ : प्रधानमन्त्री

श्रावण ३०, २०८१
लोकतन्त्रविरुद्धका प्रवृत्ति देखा पर्दैछन्, सरकार सजग छ : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रविरुद्धका केही प्रबृत्ति देखा परेको उल्लेख गर्दै  त्यस्ता प्रबृत्तिप्रति सरकार सजग रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले समसामयियक विषयहरूमा सम्बोधन गर्दै प्रणालीभन्दाका बाहिरका प्रबृत्तिबारे उल्लेख गरेका हुन् ।

'लोकतन्त्रका विरुद्धमा केही प्रबृत्तिमा देखिन थालेका छन् । हामीले छानेको प्रणालीको के बनाउने भन्दा प्रणालीभन्दा बाहिरका प्रबृत्तिहरू, समाजिक सभ्यता, शिष्टटाहरूलाई नैतिकताका बन्धन, इमानका बन्धनलाई ख्याल नगर्ने यस्ता प्रबृत्तिबाट हामी सजग रहनुपर्छ' प्रधानमन्त्री ओलीले भने,' विभिन्न ढंगले भड्काउन खोजिएको छ । केही कमीकमजोरी होलान् । केही वाञ्छित उपलब्धी हासिल नभएका होलान् । तर यसका प्रणालीको विरुद्ध जाने प्रबृत्ति देखिन्छ । सरकार यस मामिलामा सजग छ । हामीले लोकतन्त्रका लागि लडेका हौं । बलिदानका दिएका हौं । बलिदान भनेको ख्याख्याल कुरा होइन ।'

प्रकाशित : श्रावण ३०, २०८१ १३:४७
×