कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

प्रतिनिधिसभामा दाहालको प्रस्ताव- 'परिवर्तन ल्याउने सबै राजनीतिक दलहरू समझदारीसाथ अघि बढौं'

श्रावण ३०, २०८१
प्रतिनिधिसभामा दाहालको प्रस्ताव- 'परिवर्तन ल्याउने सबै राजनीतिक दलहरू समझदारीसाथ अघि बढौं'

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले परिवर्तन ल्याउने सबै राजनीतिक दलहरु समझदारीका साथ अघि बढ्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयबारे सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् ।

उनले संविधान जारी हुँदासम्म राजनीतिक मुद्दामा राष्ट्रिय सहमति र एकताको प्रदर्शन गरेझैँ अहिले पनि एक भएर अघि बढ्नुपर्ने बताए ।

अध्यक्ष दाहालले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने बेला व्यवस्थामा नै संकट पर्नसक्ने चिन्ता पनि व्यक्त गरे ।

‘हामीले संविधान जारी हुँदासम्म जसरी राजनीतिक मुद्दामा राष्ट्रिय सहमति र एकताको प्रदर्शन गर्यौँ‍, यसको कार्यान्वयनमा भने हामी एक हुन सकेनौँ । संविधानले माग गरेको राजनीतिक संस्कार, राजनीतिक प्रणाली संस्थागत गर्ने चुनौति, जनताका असिमित आकंक्षा पूरा गर्नुपर्ने दायित्व अझै पूरा भएका छैनन् । संविधान जारी भएपछि भने उच्चस्तरका राष्ट्रिय सहमति आवश्यक थियो । तर त्यो जनताले अपेक्षागरेअनुसार पूरा गर्न सकिएको छैन । अहिले शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने बेला व्यवस्थामा नै संकट पर्ने हो की, फेरि शान्ति सम्झौतामा हामीले गरेको सहमतिमै धरापमा पर्ने हो की भन्ने प्रश्न पनि छ' उनले भने ।

उनले अहिले समाजमा अराजकता फैल्याउने, सबै सामाजिक, नैतिक मूल्य, मान्यताका सीमा भत्काएर सभ्यताका, संस्कारका सीमा भत्काउने प्रवृत्तिले टाउको उठाउन खोजेको पनि बताए । 'यसलाई प्रतिवाद गर्न यो परिवर्तन ल्याउने सबै राजनीतिक दलहरु, सबै संघसंस्थाहरु लोकतन्त्रप्रति विश्वास गर्ने, साँचो अर्थमा विश्वास गर्नेहरु समझदारीकासाथ अघि बढ्नुपर्ने आवश्यकता छ । हाम्रो वरिपरी, हाम्रो छिमेकतिर, हाम्रो दक्षिण एशियामा राजनीतिक घटनाक्रमहरु जसरी अघि बढेका छन्, ति सबैले हामी सबैलाई गम्भीर हुन, एक अर्काप्रति निषेधको होइन, एक अर्कासँग हातेमालो गरेर यो प्रवृत्तिको प्रतिवाद गर्नुपर्ने आवश्यकता झन बढेको छ’ अध्यक्ष दाहालले भने ।

संविधानको रक्षा, जनताका उपलब्धिको रक्षा, लोकतन्त्रको सुदृढिकरणको लागि र जनतालाई थप अधिकार सम्पन्न बनाउन सबैसँग मिलेर जान आफू तयार रहेको उनले बताए । चुनौतिको सामना गर्न एकता बाहेक अर्को हतियार नरहेको उनले उल्लेख गरे ।

प्रकाशित : श्रावण ३०, २०८१ १५:१२
×