कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

उपसभामुख राना रुस प्रस्थान

आश्विन १, २०८१
उपसभामुख राना रुस प्रस्थान

काठमाडौँ — उपसभामुख इन्दिरा राना मगर औपचारिक भ्रमणका लागि आज रुस प्रस्थान गरेकी छिन् । रुसको सेन्ट पिटर्सबर्ग सहरमा असोज २ देखि आयोजना हुने कार्यक्रममा भाग लिन उपसभामुख राना फ्लाई दुबईको बिहान ९ बजेको उडानबाट रुस भ्रमणमा गएकी हुन् । 

उपसभामुख राना रुस र स्वतन्त्र राज्यहरुको राष्ट्रमण्डलको अन्तरसंसदीय विधानसभाको आयोजनामा असोज २ देखि ४ गते-सेप्टेम्बर १८–२०सम्म सञ्चालन हुने चौथो युरेसियन महिला फोरममा सहभागी हुने कार्यक्रम छ ।

उनले उक्त फोरमलाई सम्बोधन गर्नेछिन् । भ्रमण सकेर उपसभामुख राना असोज ५ गते-सेप्टेम्बर २१ मा स्वदेश फर्कने कार्यक्रम छ ।


प्रकाशित : आश्विन १, २०८१ ०९:५७
x
×