कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३९

राजेन्द्र महतोद्वारा 'राष्ट्रिय मुक्ति क्रान्ति नेपाल' पार्टी घोषणा

आश्विन १, २०८१
राजेन्द्र महतोद्वारा 'राष्ट्रिय मुक्ति क्रान्ति नेपाल' पार्टी घोषणा

काठमाडौँ — राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले नयाँ राजनीतिक दल घोषणा गरेका हुन् ।

कार्तिकको पहिलो सातामा निर्वाचन आयोगमा पार्टी दर्ता गराउने गरी प्रक्रिया अघि बढाउने जानकारी दिए ।

उनले पार्टीको नाम भने राष्ट्रिय मुक्ति क्रान्ति नेपाल रहने उल्लेख गरे । राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकले पार्टी अध्यक्ष महतो रहनेछन् ।लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट अलग भएको करिब ८ महिनापछि महतोले नयाँ पार्टी घोषणा गरेका हुन् ।

प्रकाशित : आश्विन १, २०८१ १४:२३
x
×