कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

गगनलाई रविको जवाफ : ‘प्रमाण होइन, प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’

आश्विन १, २०८१
गगनलाई रविको जवाफ : ‘प्रमाण होइन, प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’

Highlights

  • ‘कस्तो हुनुपर्दछ प्रमाण भन्ने त हामीले भन्नु परेन होला नि । म कसैको कटाक्ष गर्न आएको होइन । तर छुस्स त दिनुपर्‍यो नि ।’

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू निर्दोष रहेको बताउँदै अब गोरखा मिडियातिर आफूलाई तान्ने प्रयास हुने बताएका छन् । मंगलबार काठमाडौंमा पार्टीको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले आफू सहकारी ठग नभएको संसदीय छानबिन विशेष समितिले प्रमाणित गरेको तर्क गरेका हुन् ।

यद्यपि सहकारी ठगीसम्बन्धी संसदीय विशेष छानबिन समितिले तत्कालीन सञ्चालकको नाताले लामिछानेसहितका सञ्चालकहरूले जिम्मेवारी लिनुपर्ने भन्दै कारबाहीको सिफारिस गरेको छ ।

त्यस्तै सभापति लामिछानेले आफूलाई सहकारी ठग भन्न अब नमिल्ने भएपछि गोरखा मिडियातिर ध्यान केन्द्रित हुने समेत दाबी गरे । कांग्रेसका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै प्रमाण कस्तो हुन्छ भन्नेकुरा थाहा भयो ? भन्दै प्रश्नसमेत गरे । उनले प्रमाण छ भनेको नभइ महामन्त्री थापाले प्रणाम छ भनेको भन्दै आफूले पनि प्रणाम फर्काएको टिप्पणी गरे ।

‘अब सहकारीतिरबाट गोरखा मिडियातिरको कुरा हुन्छ । गोरखा मिडियातिर जान्छ अब । सहकारी त सकियो अब भन्ने मिलेन सहकारी ठग । सहकारी ठग भन्नेकुरा त लगभग सकियो । प्रमाण कस्तो हुन्छ भन्नेकुरा त आफ्नै केन्द्रिय नेताहरु बसेको भएर थाहा भइहाल्यो होला नि । कस्तो हुनुपर्दछ प्रमाण भन्ने त हामीले भन्नु परेन होला नि । म कसैको कटाक्ष गर्न आएको होइन । तर छुस्स त दिनुपर्‍यो नि । मेरा मित्र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सामाजिक सञ्जालमा हिजो बडो राम्रोसँग लेख्नुभयो । प्रमाण छ, प्रमाण छ भनेको होइन रहेछ, प्रणाम छ भनेको रहेछ, मेरो पनि प्रणाम छ, उहाँलाई,’ लामिछानेले भनेका छन् ।

सभापति लामिछानेले रास्वपा नसकिएको भन्दै अरुलाई रास्वपाले सक्काउने चेतावनीसमेत दिए ।

प्रकाशित : आश्विन १, २०८१ १२:४२
x
×