२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४
सहकारी छानबिन प्रतिवेदन

सहकारी छानबिन प्रतिवेदन कार्यान्वयन कहिले ?

आश्विन २, २०८१

संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले सहकारीको बचत अपचलन, हिनामिना र ठगीमा प्रत्यक्ष संलग्नहरू पक्राउ गरेर अनुसन्धान एवं मुद्दाको प्रक्रिया अघि बढाउन बाटो खोले पनि कार्यान्वयन कसरी र कहिले ...

सहकारीको ६५ करोडमा जीबी र रविको रजगज

संसदीय विशेष समितिले पाँच सहकारीको ६५ करोड ५४ लाख बचत गोर्खा मिडिया नेटवर्कमा अपचलन भएको निष्कर्षसहित कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने तथा सञ्चालकहरू छविलाल जोशी र कुमार रम्तेलमाथि कारबाहीको सिफारिस गरेको छ ।

रास्वपा नेताहरूमाथि प्रश्न- रविको 'इमान' मा अझै विश्वास छ ?

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले प्रतिनिधिसभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेतलाई बचत अपचलनमा कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गरेको छ । संसदीय समितिले नै तथ्यहरूसहित बचत अपचलन भएको निष्कर्ष निकालेपछि अब लामिछानेको संलग्नता रहे/नरहेको भन्दै करिब एक वर्षदेखि चलिरहेको बहसको पनि पटाक्षेप भएको हो ।

संसदीय छानबिन प्रतिवेदन : सहकारीको रकम अपचलनमा लामिछाने दोषी, कारबाहीको सिफारिस

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेले सहकारीबाट आएको रकम अपचलन गरेको ठहर गर्दै कारबाहीको सिफारिस गरेको छ ।

सहकारी छानबिन प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई पठाइयो

सभामुख देवराज घिमिरेले सहकारी छानबिन संसदीय विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई पठाउने निर्देशन दिएका छन् । समितिका सभापति सूर्य थापाले सोमबार प्रतिवेदन प्रतिनिधिसभामा पेश गरे लगत्तै सभामुख घिमिरले सचिवालयलाई प्रतिवेदन सरकारलाई पठाउन निर्देशन दिएका हुन् ।

सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले तयार गरेको छानबिन प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ ।  सोमबार नै समितिले सर्वसम्मत पारित गरेको प्रतिवेदन सभापति सूर्य थापाले  बैठकमा पेश गरे । समितिले जेठ २३ गतेबाट काम थालेको थियो ।

समितिबाट सहकारी छानबिन प्रतिवेदन पारित, प्रतिनिधिसभामा पेस हुँदै

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहितलाई दोषी ठहर गर्दै तयार भएको प्रतिवेदन पारित भएको छ । उक्त प्रतिवेदन जारी प्रतिनिधि सभाको बैठकमा सभापति सूर्य थापाले पेस गर्नेछन् ।

सहकारी छानबिन समितिको प्रतिवेदनलाई अन्तिम रुप दिइँदै, यी हुन् लामिछाने दोषी किटानका ४ आधार

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहितलाई दोषी ठहर गर्दै तयार भएको प्रतिवेदन पारित गर्न समितिको बैठक बस्न लागेको छ । समितिका एक सदस्यका अनुसार प्रतिवेदनलाई अन्तिम रुप दिने काम चलिरहेको छ ।

सहकारी ठगीमा श्रीमतीलाई साझेदार बनाउने प्रवृत्ति

कांग्रेस उपसभापति धनराज गुरुङ सहकारीमा बचतकर्ताले जम्मा गरेको रकम हिनामिनाको आरोपमा मुछिएसँगै यस क्षेत्रसँग जोडिएको अस्वाभाविक तथ्य सार्वजनिक भइरहेका छन् । आफूमाथि आरोप लागेपछि गुरुङले श्रीमती ज्योति गुरुङसँग २०७६ सालमै सम्बन्धविच्छेद गरेको खुलाएका छन् ।

सहकारी ठगीमा लामिछानेसमेतलाई दोषी ठहर गर्दै प्रतिवेदन तयार

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहितलाई दोषी ठहर गर्दै प्रतिवेदन तयार गरेको छ । कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको समेत छानबिनबाट पुष्टि भएको छ ।

मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा सीआईबीको अनुसन्धान सुरु

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे अनुसन्धान सुरु गरेको छ । 

सहकारी छानबिनको माग गर्ने कांग्रेसले आफ्नै उपसभापति गुरूङमाथि के गर्ला ?

सहकारीको बचत अपचलन तथा ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको चर्को माग राखेको कांग्रेसले आफ्नै पार्टी उपसभापति धनराज गुरुङमाथि भने के गर्ला ? यस विषयमा कांग्रेसले औपचारिक धारणा बनाएको छैन ।

सहकारी सञ्चालकका रूपमा कालोसूचीमा छिन् लेखा समिति सभापतिकी पत्नी

संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल पनि श्रीमतीलाई अघि सारेर खोलेको सहकारीबाट रकम अपचलन गरेको आरोपमा मुछिएका छन् । सहकारीबाट कर्जा लिएका ऋणीका कागजपत्र बैंक तथा वित्तीय संस्थामा राखेर ऋण लिएर करिब ११ करोड हिनामिना गरेपछि पोखरेल पत्नी अन्जला कोइरालासहित सञ्चालक कालोसूचीमा परेका छन् ।

सहकारी ठगीमा कांग्रेस उपसभापति गुरुङमाथि सीआईबीको अनुसन्धान

ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको बचत ठगी प्रकरणमा प्रहरीले नेपाली कांग्रेसका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङमाथि अनुसन्धान अघि बढाएको छ ।

सहकारी ठगीमा गुरुङमाथि अनुसन्धान गर

सहकारीमा बचतकर्ताले जम्मा गरेको रकम हिनामिनाको आरोपमा प्रतिनिधिसभाका सांसद तथा कांग्रेस उपसभापति धनराज गुरुङसमेत जोडिएका छन् । धनराज र ‘पूर्वश्रीमती’ ज्योति गुरुङले ललितपुरको मितेरी सहकारीको रकम हिनामिना गरेको आरोप लागेको हो ।