कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

विद्यार्थीको प्रश्न : ‘खेलकुदमा लगानी खोइ ?

काठमाडौँ — उनी विद्यालयमा खेल्न चाहन्छिन् । रमाउन चाहन्छिन् उफ्रिन चाहन्छिन् । फुटबलदेखि कबड्डी उनलाई मन पर्ने खेल हुन् । तर उनी चाहेर पनि विद्यालयमा खेल्न सक्दिनन् । रमाउन सकिरहेकी छैनन् । किनकि खेल्न र रमाउनका लागि उनको विद्यालयमा आवश्यक खेल मैदान छैन । यो समस्या हो चन्द्रागिरीस्थित श्री भैरव माध्यमिक विद्यालय १० मा अध्ययनरत उषा पुन मगरको । 

विद्यार्थीको प्रश्न : ‘खेलकुदमा लगानी खोइ ?

एकता फाउन्डेसन नेपाल र चन्द्रागिरी नगरपालिका वडा नम्बर १० द्वारा संयुक्त रूपमा आयोजित ‘बालविकास विषयक विद्यालयस्तरीय अभिमुखीकरण कार्यक्रम’मा उनले जनप्रतिनिधिसँग खेलकुद मैदानको प्रबन्ध मिलाइदिन आग्रह गरिन् । उनले भनिन् ‘विद्यालयमा प्रशस्त खेल्ने स्थान छैन, हामीले खेल्न पाइरहेका छैनौ । तपाईंहरूलाई यो विषयमा ध्यानाकर्षण किन नभएको ? हामीलाई खेल मैदान आवश्यक छ । ’ त्यस्तै कार्यक्रममा पथिक ज्ञान निकेतन सेकेन्डरी स्कुलका छात्रा एबिन अधिकारीले नगरपालिकादेखि वडाले अन्य थुप्रै क्षेत्रमा प्राथमिकताका साथ बजेट छुट्याएको तर खेलकुद क्षेत्रमा प्राथमिकता नदिएको बारेमा प्रश्न गरे ।

विद्यार्थीहरूको प्रश्न थियो, चन्द्रागिरी नगरपालिकाका उपमेयर बसन्ती श्रेष्ठ र वडा नम्बर–१० का अध्यक्ष शिवकुमार महर्जनलाई । कार्यक्रममा विभिन्न विद्यालयबाट सहभागी भएका ६० जना विद्यार्थीहरूले खेलकुद, फोहोरमैला, ढल व्यवस्थापनदेखि फुटपाथ,व्यवस्थापनको को प्रश्न राखेका थिए । विद्यार्थीहरूको प्रश्नको जवाफमा श्रेष्ठले बालमैत्री स्थानीय तह बनाउन नगरपालिका तप्पर रहेको बताइन् । उनले भनिन् ‘विद्यालयमा आउने समस्याहरु हामीले अनुगमन गर्दै समाधान गरिरहेका छौं, बालमैत्री विद्यालय सञ्चालनका लागि अग्रसर रहेका छौं ।’

खेलकुद विद्यालयमा मात्र सीमित नराखी नगरपालिकाका विभिन्न स्थानहरूमा कबड्डी हल, टेबलटेनिस कोर्टदेखि ब्याडमिन्डन हलको निर्माण भइसकेको बताइन् । विद्यालयक समयबाहेक पनि विद्यार्थी खेल्न सक्ने सुविधा रहेको उनले जानकारी दिइन् । वडाध्यक्ष महर्जनले वडाले पूर्वाधार निर्माणमा मात्र नभई बालविकासका क्षेत्रमा उल्लेख काम गरिरहेको बताए । कार्यक्रममा बालविकास विशेषज्ञ हरि खनालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

बालबालिकाको सिकाइलाई प्रभावकारी बनाउन विद्यालयमा बालमैत्री बोली व्यवहार, शान्ति, हरियाली र खेलमैदान अति आवश्यक हुने एकता फाउन्डेसनका अध्यक्ष रामहरि शाही समुन्द्रीले बताए ।

प्रकाशित : जेष्ठ ३, २०८१ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x