३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

लुम्बिनीको 'पिस फ्लेम' सगरमाथा आधारशिविर लगिँदै

मनोज पौडेल

लुम्बिनी — लुम्बिनीस्थित अखण्ड शान्ति द्विपको ज्योति (पिस फ्लेम) सगरमाथा आधारशिविर लगिएको छ । ज्योति लुम्बिनी र सगरमाथालाई एक साथ पहिचान गराई पर्यटन प्रबर्द्धन गर्न लुम्बिनीबाट नेपाली ओलम्पियन, एथलेटिक्स र बक्सिङका राष्ट्रिय खेलाडीले सगरमाथा लगिरहेका हुन् ।

भिक्षु मैंत्री महाअस्थबिर लगयतका मिक्षुले मंगल पाठ गरेर पिस फ्लेम ओलम्पियन बैकुन्ठ मानन्धरलाई हस्तान्तरण गरे । मानन्धर नेतृत्वमा एथलेटिक्सका राष्ट्रिय खेलाडी अर्जुन घिमिरे र सुरेन्द्र महर्जन, ट्रेल रनर बाबुराजा घिमिरे, बक्सिङका दीपक तामाङ र साउथ एशियन म्याराथन धावक राधा श्रेष्ठ ६ सदस्यीय टोलीले शान्ति द्विपबाट लिएको पिस फ्लेम बोकेर मायादेवी मन्दिर, पुष्करणी पोखरी र अशोक स्तम्भ परिक्रमा गरेर निग्रोधाराम र तिलौराकोट पनि परिक्रमा गर्दै काठमाडौं लागेका छन् ।

ज्योति सहित टोली मे २७ (जेष्ठ १४) का दिन सगरमाथा आधारशिविर पुग्नेछन् । लुम्बिनी ज्योतिलाई मे २९ मा (एभरेष्ट डे)का दिन सगरमाथा आधारशिविरको परिक्रमा गराई विश्वको सबैभन्दा अग्लो स्थानमा आयोजित तेन्जिङ हिलारी एभरेष्ट म्याराथन शुभारम्भ गरिने म्याराथनका परिकल्पनाकार विक्रम पाँडे काजीले बताए । ‘यो २० औं संस्करण हो,’ उनले भने, ‘ओलम्पिक स्ट्यान्डर्डको म्याराथनका लागि ३३ मुलुकका १८० विदेशी सहित २ सय ५० जना दौडिँदै छन् ।

प्रकाशित : जेष्ठ ३, २०८१ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्