कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७५

सरकारले निजी क्षेत्रलाई तर्साएर राजस्व संकलन गर्दैन : अर्थमन्त्री पुन

काठमाडौँ — अर्थमन्त्री वर्षमान पुनले आय बढाउने नाममा सरकारले निजी क्षेत्रलाई त्रसित बनाएर राजस्व संकलन नगर्ने प्रतिवद्धता जनाएका छन् । 

सरकारले निजी क्षेत्रलाई तर्साएर राजस्व संकलन गर्दैन : अर्थमन्त्री पुन

शनिबार कान्तिपुर मिडिया ग्रुपले वीरगन्जमा आयोजना गरेको ‘वीरगन्जको वाणी’ कार्यक्रमको अन्तिम सत्र ‘अर्थमन्त्रीलाई प्रश्नै प्रश्न’ विषयक अन्तरक्रिया मन्त्री पुनले सरकारले उद्योगी व्यवसायीलाई डर देखाएर राजस्व संकलन नगर्ने बताएका हुन् ।

‘सरकारले निजी क्षेत्रलाई गर्ने व्यवहार सुधार गरिसकेको छ । पहिले अनुसन्धान गछौं, उनीहरुको कुरा सुन्छौँ, अनुसन्धान गर्छैं दोषी भइसकेपछि मात्र कारवाही गछौं,’ उनले भने, ‘म मन्त्री बनेर आएपछि यसबारेमा धेरै काम भएको छ । जुन उद्योगी व्यवसायीले अनुभव गरिसक्नु भएको छ ।’

अहिले अर्थतन्त्र लयमा रहेको अर्थमन्त्री पुनले दाबी गरेका छन् । 'विश्व बैंकले पनि ३.३ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरेको छ । यसकारण सरकारले राखेको ६ प्रतिशतको लक्ष्य नपुगेपनि राम्रो हुन्छ भन्नेमा हामी विश्वस्त छौं,' उनले भने ।

प्रकाशित : चैत्र २४, २०८० १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?