२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

उद्योगको अवस्था बिग्रिएसँगै होटल व्यवसाय डामाडोल भयो : निलम सिंह

काठमाडौँ — होटल एसोसियसन वीरगन्जका पूर्वउपाध्यक्ष नीलम सिंहले उद्योगको अवस्था खराब भएसँगै होटल व्यवसाय समेत डामाडोल भएको बताएकी छन् ।  शनिबार कान्तिपुर मिडिया ग्रुपले वीरगन्जमा आयोजना गरेको ‘वीरगन्जको वाणी’ कार्यक्रमको दोस्रो सत्र ‘विरगन्जको विरासत’मा सिंहले उद्योग व्यवसायकै कारण होटल व्यवसाय जीवित रहेको बताइन् ।

उद्योगको अवस्था बिग्रिएसँगै होटल व्यवसाय डामाडोल भयो : निलम सिंह

‘विरगन्जका होटलमा ९० प्रतिशत ग्राहक उद्योग व्यवसायबाटै आउँछन्,’ उनले भनिन्, ‘बाँकी १० प्रतिशत आन्तरिक र बाहृय पर्यटक छन् ।’ होटल खोल्दा नै उद्योग–व्यवसाय मार्फत नै होटल सञ्चालन गर्न सकिनेमा विश्वस्त रहेको समेत उनको भनाइ छ ।

‘उद्योग–व्यवसायबाट नै होटलजस्ता सेवा क्षेत्रमा ग्राहक आइरहेका छन्,’ उनले भनिन्, ‘भारतबाट रक्सोल आउने र फ्लाइटमार्फत काठमाडौं जान्छन्, विरगञ्जबाट सिधै भारत जान्छ, तर यस्ता ग्राहक हामीले पाएका छैनौं ।’

हाेटल व्ययवसायमा धेरै कमिकमजाेरी र जाेखिम रहेकाे भन्दै उनले अवसर शून्य रहेकाे बताइन । भित्र्याउने पर्यटकभन्दा बाहिर जाने पर्यटक बढी रहेकाे उनकाे भनाइ छ । गाइडलाइन, सहयाेग र सुविधा पाएकाे खण्डमा बाह्य पर्यटक भित्र्याउन आँफै लागि पर्ने उनले जनाइन् ।

नेपालभर पर्यटकलक्षित र अन्य गरी २ हजार ४ सय ८४ होटल छन् । त्यसमध्ये १४२ वटा मात्रै तारे होटल छन् । होटल एसोसियसन नेपालमा ३ सय होटल मात्रै आवद्ध छन् ।

प्रकाशित : चैत्र २४, २०८० १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?