कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

३० हिमालमध्ये सगरमाथा एक्लैको कमाइ झन्डै ८८ प्रतिशत

जेष्ठ ८, २०८१
३० हिमालमध्ये सगरमाथा एक्लैको कमाइ झन्डै ८८ प्रतिशत

काठमाडौँ — नेपालका विभिन्न ३० हिमाल आरोहण गर्ने ओरोहीहरूबाट सरकारलाई कुल ६७ करोड ४८ लाख १४ हजार ५ सय १ रुपैयाँ राजश्व प्राप्त भएको छ । कुल रोयल्टीमध्ये सगरमाथा आरोहणबाट प्राप्त रोयल्टीको हिस्सा मात्रै कुल रोयल्टीमा ८७.८१ प्रतिशत छ ।

सगरमाथामा यो सिजनमा ४१ आरोहण दलका ७५ महिला र ३ सय ३९ पुरुष सहित ४ सय १४ जनाले आरोहणको अनुमति लिएका छन् ।

यो सिजनमा सगरमाथा पछि सबैभन्दा धेरै हिमाल आरोहणको अनुमति सोलुखुम्बुकै ल्होसे हिमालका लागी दिइएको छ । ल्होसे हिमाल आरोहण गर्ने दलहरूबाट मात्रै सरकारले ३ करोड ४० लाख ३४ हजार २ सय ३८ रुपैयाँ प्राप्त गरेको छ । यो रकम भनेको कुल रोयल्टी हिस्साको ५.०४ प्रतिशत हो । ल्होसे हिमालमा यो सिजनमा १३ आरोहण दलका ११८ पुरुष र २५ महिला गरी १ सय १ सय ४३ जनाले आरोहणको अनुमति लिएका छन् ।

ल्होसेपछि धेरै रोयल्टी मकालु हिमाल आरोहण गर्ने दलहरूबाट प्राप्त भएको देखिन्छ । मकालु हिमाल आरोहणबाट कुल रोयल्टी हिस्साको २ प्रतिशत अर्थात १ करोड ४१ लख २६ हजार ४ सय रुपैयाँ प्राप्त भएको छ । यो सिजनमा मकालु हिमाल आरोहणको अनुमति ६ आरोहण दलका ४० पुरुष र १९ महिला गरी ५९ जनाले लिएका छन् ।

सगरमाथा, ल्होसे र मकालु बाहेकका अन्य २७ हिमाल आरोहणबाट कम्तीमा १ करोड भन्दा कम राजश्व रकम प्राप्त भएको देखिन्छ ।

प्रकाशित : जेष्ठ ८, २०८१ १२:३८
x
×