कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

वाराणसीमा बुद्धको हप्तामा ३ दिन उडान

आश्विन २, २०८१
वाराणसीमा बुद्धको हप्तामा ३ दिन उडान

काठमाडौँ — बुद्ध एयरले आज बुधबारदेखि भारतको वाराणसीको लागि तेस्रो उडान थपेका छ । यसअघि हप्तामा सोमबार र शुक्रबार मात्रै उडान हुने गरेको थियो । साताको तीन उडानले यात्रुलाई आउजाउमा थप सहयोग पुग्ने बुद्ध एयरले जनाएको छ । 

बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले वाराणसी, सारनाथ अयोध्यालगायत वरपरका विभिन्न गन्तव्यका लागि होलिडे प्याकेज ल्याएको छ ।

बुद्ध एयरले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यात्रुलाई भारतको बोधगया गई सोह्र श्राद्ध गर्न थप सहयोग पुग्नेछ ।' बुद्धका उडानबाट काठमाडौं-वाराणसी ५० मिनेटमै पुग्न सकिन्छ । काठमाडौंबाट वाराणसी शुरुआती एकतर्फी भाडा ११ हजार ३ सय ६० रुपैयाँ रहेको छ ।

उडान समय काठमाडौंबाट ७:१५ तथा वाराणसीबाट ८:३० रहेको छ ।

प्रकाशित : आश्विन २, २०८१ १३:०७
x
×