कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

तोलामा तीन सय रुपैयाँ घट्यो सुनको मूल्य

आश्विन २, २०८१
तोलामा तीन सय रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौँ — स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ५६ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५६ हजार चार सय रुपैयाँ निर्धारण भएको छ । 

यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला एक हजार नौ सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय ९० रुपैयाँ निर्धारण भएको छ ।

प्रकाशित : आश्विन २, २०८१ १२:१८
x
×