यो सबै देखेका बालबालिका हुर्किंदै जाँदा कति बिझाउला यो स्मृतिले वा कसरी प्रतिशोधको खिल बन्ला ? म फेरि भावनात्मक बन्छु । तर उत्तिखेरै तर्सिन्छु, यहाँ त संवेदना र भावना पनि निषेध पो हुन्छ कि !
घरदैलोमा भोट माग्न आउने उम्मेदवार हाम्रो समाजको बिमार बुझ्न सक्षम छन् ? समयको गति नाप्न योग्य छन् ? कि सामाजिक सञ्जालको झ्ल्याकझुलुक संसारमा मात्रै फिट छन् ?
अब कांग्रेसीजनले आफैमाथि प्रश्न गर्नुपर्छ, समयको यो असंगत कथा छोडेर नयाँ बाटो हिँड्ने कि आफ्नै हिसाबकिताबमा अल्झेर च्याँखे दाउमा फसिरहने ?
हामीले प्रश्न गर्ने वा विगतप्रति उनीहरूमा आत्मालोचनाको भाव छ कि छैन वा गलत बोले भन्ने स्विकारोक्ति छ कि छैन भनेर नसोध्ने हो भने हामी घृणा र उत्तेजनाको भासमा नराम्रोसँग जाकिने निश्चित छ ।
ओली फेरि पनि पुरानै 'ओली' शैलीमै अघि बढ्लान् कि उनले आफूमा बद्लाव ल्याउलान् ?
एकले अर्कालाई दोष देखाउने, अर्कोले अर्कोतिर औंला उठाउने अनि विषयान्तरमा हुने हल्लाखल्लामा रमाउने । यो त राजनीतिको प्रवृत्ति भइसक्यो । 'कुलिङ पिरियड' प्रकरणमा जसरी संसदहरु ठन्डाराम भए यसले के देखाउँछ भने यहाँ जहाँ जतिबेला जोपनि 'प्रक्रियागत त्रुटि' को सिकार हुन सक्छ ।
यतिबेला उनी कुनै दलका प्रमुख मात्रै होइनन्, एउटा सार्वभौम र लोकतान्त्रिक देशका प्रधानमन्त्री हुन् । के प्रधानमन्त्रीले दिन र समय तोकेर सिंगो सहर कब्जाका लागि निर्देशन दिन मिल्छ ?
ज्ञानेन्द्र उनै हुन् जो मन्त्रिपरिषद् अध्यक्ष हुँदा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध गरे । न्युज रुममा सैनिक अधिकारीहरू पठाए । अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाएर राजसंस्थाको जयजयकार उर्तान अघोषित उर्दी जारी गरे । तिनै ज्ञानेन्द्रले आज प्रजातन्त्रको गुणगान गाएका छन् ।
सरकार भएर सोची हेर्ने हो भने ठिकै पनि होला, यतिबेला भिजिबिलिटी साह्रै कमजोर छ । किनकि तुवाँलोले आकाश ढाकिएको छ ।