कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

साढे २७ अंकले बढ्यो, झण्डै ६ अर्बको सेयर कारोबार

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २७.५४ अंकले बढेर २ हजार ९२ अंकमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो १.३३ प्रतिशतले बढी हो । अघिल्लो दिन ४५.६९ अंकले बढेर बन्द भएको नेप्सेले सोमबार पनि सोही प्रवृति पछ्याएको हो ।

साढे २७ अंकले बढ्यो, झण्डै ६ अर्बको सेयर कारोबार

सोमबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ । उक्त दिन झण्डै ८१ हजार वटा कारोबारमा १ करोड ४३ लाख ७० हजार ६ सय ८९ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब ८५ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । आइतबार ५ अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

सोमबार कारोबारमा आएकामध्ये १ सय ३४ वटा कम्पनीको सेयर मूल्य बढ्यो, १ सय ७ वटाको घट्यो र बाँकी ५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रकाशित : जेष्ठ ७, २०८१ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×