कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

यूईएफए नेसन्स लिग : आयरल्यान्डमाथि इंग्ल्यान्डको सजिलो जित

भाद्र २३, २०८१
यूईएफए नेसन्स लिग : आयरल्यान्डमाथि इंग्ल्यान्डको सजिलो जित

काठमाडौँ — इंग्ल्यान्डले यूईएफए नेसन्स लिगको ग्रुप–टुमा शनिबार गणतान्त्रिक आयरल्यान्डलाई सजिलै २–० ले हराएको छ । युरो-२०२४ को समाप्तिमा प्रशिक्षक गेराथ साउथगेटले छोडयता इंग्ल्यान्ड पहिलो पल्ट खेलिरहेको थियो ।

ली कार्ल्सलीले निमित्त प्रशिक्षकको भूमिका निभाइरहेका छन् । उनको विजयी सुरुआतका लागि डब्ललिनमा भएको खेलमा डेक्लेन राइस र ज्याक ग्रेलिसले एक-एक गोल गरे ।

शनिबारका अन्य खेलमा ग्रुप–थ्रीमा जर्मनीले हंगेरीलाई ५–० र नेदरल्यान्ड्सले बोस्निया एन्ड हर्जगोभिनालाई ५–२ ले हरायो । यस्तै ग्रुप–वानमा अल्बानियाले युक्रेनलाई २–१ र ग्रुप–टुमा ग्रिसले फिनल्यान्डलाई ३–० ले पराजित गर्‍यो ।

प्रकाशित : भाद्र २३, २०८१ ०६:३२
×