कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

यूएस ओपन : सबलेन्का बनिन् च्याम्पियन

भाद्र २३, २०८१
यूएस ओपन : सबलेन्का बनिन् च्याम्पियन

काठमाडौँ — आर्यना सबलेन्काले घरेलु खेलाडी जेसिका पेगुलालाई पराजित गर्दै शनिबार यूएस ओपन-२०२४ को उपाधि जितेकी छिन् । गत वर्ष फाइनलमा बेहोरेको हारलाई बिर्साउँदै सबलेन्काले यसपल्ट उपाधि भिडन्तमा ७–५ र ७–५ को रोमाञ्चक जित निकालिन् ।

बेलारुसीकी खेलाडी सबलेन्काले ग्रान्ड स्लामको उपाधि जितेको यो तेस्रो पल्ट हो । दुई पल्टकी अस्ट्रेलियन ओपन विजेता २६ वर्षीया सबलेन्काले यूएस ओपन जितेको भने यो पहिलो पटक हो ।

हारसँगै ३० वर्षीया पेगुलाका लागि ठूलो उपाधि जित्ने सपना अझै पूरा हुन सकेन । उनी पहिलो पटक कुनै ग्रान्ड स्लामको फाइनलमा खेलिरहेकी थिइन् । सबलेन्कालाई खेल जित्न १ घण्टा ५३ मिनेट लागेको थियो र जितसँगै उनले ३६ लाख अमेरिकी डलर पनि हात पारिन् ।


प्रकाशित : भाद्र २३, २०८१ ०६:३३
×