कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

दोष विमान कम्पनीकै

भाद्र २३, २०८१

सौर्य एयरलाइन्सका विमान चालकको पनि इहलीला समाप्त भएको भए सम्पूर्ण दोषजति उनलाई नै देखाइन्थो । तर, उनी त सकुशल हुन सफल भए ।

त्यसैले त्यो सम्भव हुन सकेन । २२ वर्ष थोत्रो जहाजको समस्या त यिनीहरूले कहिले पनि देखाउँदैनन् । कारण स्पष्ट छ– बिमा कम्पनीबाट पाउनुपर्ने क्षतिपूर्ति पाउन मुस्किल हुनु अनि विमान उत्पादन कम्पनीको विश्वसनीयतामाथि प्रश्नचिह्न खडा हुने भय । यसैले कारण देखाइयो– असन्तुलित तरिकाले राखिएको सामानको भार बहन । जतिसुकै थोत्रो विमानको कारणलाई ढाकछोप गर्न खोजिए पनि यसपालिको कारण विमानको कारणभन्दा अझ बढी संवेदनशील देखिन्छ । बढी भार बहनको सामान विमानबाट ढुवानी हुँदै थियो भने त्यो सामानलाई विमानभित्र सन्तुलन मिल्ने गरी सही तरिकाले किन राखिएन ? सरासर यसको जिम्मेवार विमान कम्पनी देखिन्छ । यस्तो गैरजिम्मेवार विमान कम्पनीको लाइसेन्स तुरुन्त खारेज गरी मृतकका परिवारलाई बढीभन्दा बढी क्षतिपूर्ति दिलाउन सबै सरोकारवाला निकाय लाग्नुपर्छ ।

– सम्राट अधिकारी (फेसबुकबाट)

प्रकाशित : भाद्र २३, २०८१ ०७:०५
×