कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

बाराको सीमा नाका बन्द रहने

लक्ष्मी साह

बारा — भारतको बिहार राज्यको पश्चिमी चम्पारण जिल्लामा आउँदो जेठ १२ (२५ मे) मा हुन लागेको लोकसभा चुनावको लागि बारास्थित ६२ किमी लामो खुला सीमा नाका तीन दिनका लागि बन्द रहने भएको छ ।

शान्तिपूर्ण निर्वाचनको लागि सहयोग गर्न भारतीय समकक्षी प्रशासकले गरेको पत्राचारअनुसार जेठ १० गते बिहान ६ बजेदेखि जेठ १२ गते बेलुकी ६ सम्मको लागि सीमा नाका बन्द रहने बाराका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताए ।

मित्र राष्ट्र भारतसँग खुला सीमा भएकोले सवारीसाधन वा पैदल आउजाउ मार्फत चुनावमा उच्छृङ्खल गतिविधि हुनसक्ने सम्भावनालाई ख्याल गर्दै औपचारिक रुपमा ७२ घण्टा सीमा नाका बन्द हुने उनले बताए ।

‘चुनावको ४८ घण्टा अघिदेखि वारिपारिका सीमा सुरक्षाकर्मी तैनाथ गरी सीमा नाका बन्द रहन्छ,’ उनले भने, ‘गोरेटो बाटोदेखि छोटी नाका सबै बन्द रहन्छ । यसको लागि सार्वजनिक सूचना जारी गरिसकिएको छ ।’

प्रकाशित : जेष्ठ ८, २०८१ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×