कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सिरहामा ३ करोडभन्दा बढीको अवैध कपडा बरामद, गोदाम सील

विनय आजाद

सिरहा — सिरहामा एक कपडा गोदामबाट ३ करोडभन्दा बढीको अवैध कपडा बरामद भएको छ । लहान नगरपालिका-८, गणेश चोकस्थित एक कपडा गोदामबाट तस्करीको कपडा बरामद भएको हो । सोही स्थानका परबेज आलमले सञ्चालन गरेको फेन्सी रेडिमेड स्टोरमा राजस्व छलीका ती अवैध लत्ताकपडा बरामद भएको इलाका प्रहरी कार्यालय, लहानका प्रमुख एवं डीएसपी विष्णुप्रसाद सोतीले जनाए ।

सिरहामा ३ करोडभन्दा बढीको अवैध कपडा बरामद, गोदाम सील

भारतबाट अवैध रूपमा तस्करी गरी ल्याइएका राजस्व छलीका कपडा उक्त गोदाममा रहेको सूचनाको आधारमा प्रहरी बिहीबार दिउँसो १२ बजे गोदाममा पुगेको थियो । यकिन भएपछि प्रहरीले तत्काल गोदामलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले लगत्तै आन्तरिक राजस्व कार्यालय लहान, राजस्व अनुसन्धान कार्यालय इटहरी, ठाडी भन्सार कार्यालय जानकारी गराएको थियो । केहीबेरपछि राजस्व अनुसन्धान कार्यालय इटहरीबाट आएको टोलीले मुचुल्का उठाई गोदाम सील गरेको डीएसपी सोतीले बताए ।

गोदामभित्र ६ वटा कोठा, प्यासेज र बरन्डा समेतमा गरी विभिन्न ब्रान्डका राजस्व छलीका अवैध कपडा भेटिएको र त्यो ३ करोडभन्दा बढीको भएको अनुमान डीएसपी सोतीको छ । गोदाम सील गरी थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित : श्रावण १०, २०८१ २२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×