कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

सिरहाबाट २१७ किलो गाँजासहित ३ जना नियन्त्रणमा 

भाद्र २१, २०८१
सिरहाबाट २१७ किलो गाँजासहित ३ जना नियन्त्रणमा 

सिरहा — प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित ३ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले कर्जन्हा नगरपालिका-१०, स्कुल टोलबाट गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय, सिरहाका अनुसार इलाका प्रहरी कार्यालय, मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक पञ्चकुमार बाखु नेतृत्वको प्रहरी टोलीले स्थानीय बिहारी मुखियाको घरबाट शुक्रबार २ सय १७ किलो गाँजा बरामद गरेको हो ।

मुखियाको गोठ घरमा प्लास्टिकको १४ वटा पोकामा प्याक गरी उक्त गाँजा राखिएको थियो । यस घटनामा संलग्नताको शंकाका आधारमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार, भारतको मधुबनी जिल्ला, बलरा थाना, वडा १२ का २० वर्षीय किसुन मुखिया, मकवानपुरको मनहरी गाउँपालिका ९ का ६२ वर्षीय खडक बहादुर तामाङ र स्थानीय ४० वर्षीया चानो देवी मुखियालाई नियन्त्रणमा लिइएको हो ।

उनीहरूलाई नियन्त्रणमा लिई संलग्नतालगायतका विषयमा अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाले बताए ।

प्रकाशित : भाद्र २१, २०८१ २२:३१
×