कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

५० करोड लगानीमा बनेको शुभस्वस्तिक अस्पताल सञ्चालनमा

सुनिता बराल

महोत्तरी — घरमा परिवारका सदस्य बिरामी भइरहने समस्याले अस्पताल पुर्‍याउने क्रममा आफैँले अस्पताल बनाएर सेवा दिने प्रण गरेका बर्दिवास नगरपालिका-२ का दिपक कार्की अहिले आफ्नै अस्पतालबाट दैनिक २ सय बढीलाई स्वास्थ्य सेवा दिन्छन् । निजी लगानीमा ५० करोड खर्चिएर कार्कीले संचालन गरेको शुभस्वस्तिक अस्पताल अहिले निजी अस्पतालमा मधेसकै नमुना अस्पताल बनेको छ । 

५० करोड लगानीमा बनेको शुभस्वस्तिक अस्पताल सञ्चालनमा

२०६३ सालमा एक सहकारी संस्थाबाट डेढ लाख रुपैयाँ ऋण लिएर औषधि पसलसहित स्वास्थ्य क्लिनिक सुरु गरेका कार्कीले अत्याधुनिक प्रविधिसँगै अहिले आफ्नै भवनमा सुविधा सम्पन्न अस्पताल चलाएका छन् ।

आफूँहरुले दिने सेवाबाट सन्तुष्ट भएकै कारण दैनिक अस्पतालमा सेवा लिनेको घुँईचो लाग्ने गरेको कार्कीले बताए । अस्पताल आफ्नो व्यवसाय भएपनि सेवाको भाव राखेर काम गरेकाले अस्पतालबाट एकपटक सेवा लिने मानिस अन्त नजाने कार्कीको दाबी छ ।

निजी क्लिनिक भनेपछि चर्को शुल्क हुन्छ भन्ने भ्रम चिर्दै अस्पतालले न्युन शुल्कमा उच्चतम सेवा दिदैँ आएको कार्कीले बताए । गरिब, विपन्न, वृद्धवृद्धा लगायत सहयोग गर्नुपर्ने जो कोहीलाई अस्पतालले गर्न सक्ने सहुलियतमा उपचार गर्ने गरेको कार्कीले बताए । बर्दिवास आसपासमा राजमार्गमा हुने दुर्घटना, जटिल समस्या र स्वास्थ्यमा समस्या रहेका जो कोहिका लागि सहज होस् भनी अस्पतालले चौबिसै घण्टा विशेषज्ञ सहितको सेवा दिइरहेको छ ।

आवश्यक जनशक्ति सहित अस्पतालले ३ वटा भेन्टिलेटर, सिटि स्क्यान, शल्यक्रिया, ल्याप्रोसकोपी शल्यक्रिया, इन्डोसकोपी, युरोलोजी, बालबालिका, महिला तथा प्रसुति, भेन्टिलेटर, हाडजोर्नी, दन्त, आँखाको उपचार लगायत यस भेगमा अन्य संस्थामा नभएका सबै खाले सेवा अस्पतालले दिएको छ ।

कार्कीका अनुसार अस्पतालमा हाल १३ जना विशेषज्ञ डाक्टर, २६ जना स्टाफ नर्स, २२ जना अन्य स्वास्थ्यकर्मी सहित १ सय २६ जनाको टिम खटिएको छ । आधुनिक प्रविधि र उच्चतम सुरक्षाका बीचमा अस्पतालमा सेवा दिइरहेको डाक्टर श्याम सुदर शाहीले बताए । सिटिस्क्यान, आईसीयु, इमन्जेन्सीको सेवा लिन धेरै टाढादेखि पनि बिरामी आउने गरेका उनले बताए ।

सिन्धुली सहित मधेसका धनुषा, महोत्तरी, सर्लाही, रौतट र भारतदेखि समेत सेवा लिन शुभस्वस्तिकमा आउने गरेका अस्पतालका कर्मचारी दिपेन्द्र ढकालले बताए । साउन १ गतेबाट सेवा लिन आउने बर्दिवास नगर भित्रका सेवाग्राहीलाई मंसिर महिनासम्म अटोरिक्सा, एम्बुलेन्स र अन्य सवारीको भाडाखर्च अस्पतालले बेहोर्ने अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले दिन सक्ने सहुलियत दिन यस्तो प्रबन्ध मिलाएको ढकालले बताए ।

सुविधासम्पन्न अस्पताल बनेपछि स्वास्थय सेवा लिन पाइने आशामा स्थानीय खुशी भएका छन् । यस क्षेत्रमा नभएका जाँच र सेवा लिन काठमाडौं, बिराटनगर, वीरगञ्ज लगायत टाढा पुग्नुपर्ने बिरामीलाई अब टाढा जानुपर्ने बाध्यता हटेको सेवाग्राही विनिता परियारले बताइन् । पेटको समस्या लिएर आफू अस्पताल आएको भन्दै उनले अस्पतालले दिएको सेवाप्रति खुशी व्यक्ति गरिन् । अझ विपन्नलाई सहुलियत शुल्कमा सेवा दिए सबै गरिब र विपन्नले पनि बर्दिवासबाटै उपचार लिन पाउने उनको भनाई छ ।

प्रकाशित : श्रावण ११, २०८१ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×