सुनिता बराल

सुनिता बरालका लेखहरु :

वन मुद्दा फैसलामा ‘ऐन बाधक’

दुई वर्षअघि बर्दिवास–१३ स्थित भेडियाटोलबाट वृक्षरोपण गरेको सार्वजनिक जग्गामा बालुवा–गिट्टी निकालेको भन्दै नियन्त्रणमा लिएको बाबा क्रसिङ बासिङ सेन्टरको लोडर दुई वर्षदेखि वन कार्यालयमै थन्किएको छ ।

कृत्रिम खुट्टा पाउँदा बढ्यो बाँच्ने आत्मबल

धादिङ धुनिबेंसीकी ३४ वर्षीया सरस्वती श्रेष्ठ सप्तरीको एक कपडा पसलमा काम गरेर गुजारा चलाउँदै थिइन् । करिब डेढ वर्षअघिको कुरा हो, पसलबाट काम सकेर डेरातर्फ जाँदै थिइन्‚ बाटो काट्ने क्रममा टिपरले ठक्कर दियो । होस अस्पतालमा खुल्यो । होस त खुल्यो तर जीवनका सबै ढोका बन्द भएको महसुस उनले त्यतिबेलै गरिन्‚ जब थाहा भयो दायाँ खुट्टा सद्दे छैन । 

बर्दिवासमा डेंगी संक्रमण फैलँदै

महोत्तरीको बर्दिवासमा डेंगी संक्रमितको संङ्ख्या ९१ पुगेको छ । पछिल्लो दुई महिनामा डेंगीका बिरामी बढ्ने क्रम पहिलेभन्दा तीब्र रहेको बर्दिवास नगरपालिकाले जनाएको छ ।

हस्पिटालिटीमा जम्दै युवा

महोत्तरीको बर्दिवासमा जन्मेहुर्केकी आस्था भट्टराईलाई सानैदेखि पेन्टिङ र फेसन सोमा निकै रुचि थियो । बर्दिवास–१ स्थित ग्लोबल स्कुलबाट १२ कक्षाको अध्ययन सकेपछि अस्ट्रेलिया जाने तयारीमा थिइन् उनी । तर छोरी नेपालमै बसेर केही गरोस् भन्ने चाहना थियो परिवारको । अन्ततः परिवारको मायाले जितेपछि उनले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) बर्दिवासमा ‘ब्याचलर इन हस्पिटालिटी म्यानेज्मेन्ट’ पढ्ने निधो गरिन् ।

बोक्सी आरोपमा निरन्तर ज्यादती

गत भदौ ६ गते साँझ महोत्तरीको मनराशिसवा–१० स्थित मरुवाहीकी १३ वर्षीया बालिका अचानक बिरामी परिन् । उनी मूर्च्छा परेर ढलेपछि हजुरबुबा राम सिंहासन चौधरी छिमेकी भोला चौधरीमाथि जाइलागे । कामबाट केही बेरअघि घर फर्किएका भोलालाई ‘तेरो श्रीमतीले बोक्सी लगायो, उसलाई मेरो नातिनी ठीक पार्न भन्’ भन्दै गालीगलौज र कुटपिट गरे । भोला हारगुहार गर्न थाले ।

बोक्सीको आरोपमा छिमेकीलाई कुटपिट, आरोपित ४ जना पक्राउ

बोक्सीको आरोपमा छिमेकी महिलालाई अमानवीय व्यवहार गरेको आरोपमा महोत्तरीको मनरा शिसवा नगरपालिका-१० को मरुवाहीका चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामसिंहासन चौधरीका छोराहरु रामविनय, रामसिकिल, नाति साजन र छिमेकी राजकुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घटनाका मुख्य आरोपित रामसिंहासन फरार छन् ।

व्यवसायीमाथि कुटपिट भएको भन्दै जलेश्वरमा प्रदर्शन

व्यवसायीलाई कुटपिट गरेको भन्दै उद्योग वाणिज्य संघ जलेश्वरले महोत्तरीको जलेश्वर बजार बुधबार बिहानैदेखि बन्द गरेको छ । मिटरब्याज पीडितको आन्दोलनरत समूहबाट व्यवासयी कुटिएको भन्दै कारबाहीको माग गर्दै बजार बन्द गरिएको उद्योग वाणिज्य संघ जलेश्वरले जनाएको छ ।

सुन्दरपुरमा स्वास्थ्य संस्थाबाट सेवा पाउनै मुस्किल

महोत्तरीको सोनामा गाउँपालिका–६ स्थित सुन्दरपुर स्वास्थ्यचौकीमा झुन्डिएको अवस्थामा राखिएको ब्यानर र कार्यालय समयमा पनि ढोकामा लाग्ने ताल्चाले संस्था सञ्चालनमा छैन भन्ने बुझाँउछ ।

महोत्तरीमा १ वर्षमा १ हजार ११ सवारी दुर्घटना, ६८ जनाको मृत्यु

ट्राफिक प्रहरीको तथ्यांकअनुसार महोत्तरीमा प्रत्येक वर्ष सवारी दुर्घटना बढ्दो देखिएको छ । जिल्लामा एक वर्षमा १ हजार ११ सवारी दुर्घटनामा परी ६८ जनाको मृत्यु भएको छ । 

मधेशमा खडेरीको मार : खेतमा धाँजा, ब्याडमै सुक्यो बीउ

अन्न भण्डार मानिने मधेशमा साउन तेस्रो साता बितिसक्दा पनि ४० प्रतिशत खेतमा रोपाइँ हुन सकेको छैन । पर्याप्त वर्षा नहुँदा जेनतेन रोपाइँ गरिएको खेतमा रोपो सुक्न थालेको छ ।