‘रेडियो अन ह्विल्स’मा दर्शकको धैर्य र साथले तात्यो बर्दिवास

गायक विश्व नेपालीले आफ्ना चर्चित गीतहरू ‘मिठो साह्रै मिठो’, ‘तिम्रो माया’ गाएर दर्शकलाई नचाए भने हास्य कलाकार राजा राजेन्द्र पोखरेलले देशको पछिल्लो अवस्था र स्थितिलाई प्रस्तुतिमा समेट्दै विभिन्न क्यारिकेचर गरेर दर्शक हँसाए ।

पुस २८, २०८२

सुनिता बराल

Bardibas warmed up with the patience and support of the audience in 'Radio on Wheels'

What you should know

महोत्तरी — धेरै दिनदेखि चिसो बनेको महोत्तरीको बर्दिवासको मौसमलाई सोमबार रेडियो कान्तिपुरले आयोजना गरेको ‘रेडियो अन ह्विल्स’ ले तताएको छ । गायक विश्व नेपालीले ‘मिठो, साह्रै मिठो’ बर्दिवासको माया भनेर गीत गाएसँगै रमाउन सुरु गरेका दर्शकले कार्यक्रमको अन्तिम समयसम्म धैर्य राख्दै झुम्दै साथ दिएका हुन् ।

मुख्य प्रायोजक एक्सट्रिम इनर्जी ड्रिंक्स र अन्य प्रायोजक संस्थाहरूको सहयोगमा रेडियो कान्तिपुरले आयोजना गरेको रेडियो अन ह्विल्समा विश्वको गायनमा साथ दिँदै सहभागीले नाचेर धूलो उडाए भने हास्य कलाकार राजा राजेन्द्र पोखरेलको प्रस्तुतिमा हौसिँदै, हाँस्दै साथ दिएका थिए । डान्स च्याम्पियन नेपालकी विजेता वर्षा फुयाल तथा सिजन–१ की विजेता रोसिका राउतले पनि दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरे ।

विश्वले आफ्ना चर्चित गीतहरू ‘मिठो साह्रै मिठो’, ‘तिम्रो माया’ गाएर दर्शकलाई नचाए भने पोखरेलले पछिल्लो देशको अवस्था र स्थितिलाई प्रस्तुतिमा समेट्दै विभिन्न क्यारिकेचर गरेर दर्शक हँसाए । दर्शक हाँस्ने र नाच्नेसँगै आकर्षक उपहार जित्ने प्रतियोगितामा पनि सहभागी भए । धेरै दर्शक लाइन लागेरै एक्सट्रिम इनर्जी ड्रिंक्स खरिद गरेर कुपन लिई लक्की ड्रमा सहभागी भए । 

‘रेडियो अन ह्विल्स’ कार्यक्रम स्थलमा राखिएका स्टलबाट एक्सट्रिम इनर्जी ड्रिंक्स र म्याक्स टाइगर इनर्जी ड्रिंक्स पिएर लक्की ड्रमा सहभागी भएका मध्येबाट सर्लाही हरिपुरका वीरेन्द्र साहले टी–२० विश्वकपको टिकटसहितको प्याकेज जिते । जसमा ४ रात ५ दिनको मुम्बई बसाइ र टिकटसमेतको प्याकेज लक्की ड्रबाट उनले पाउन सफल भएका हुन् । Bardibas warmed up with the patience and support of the audience in 'Radio on Wheels'

मधेस प्रदेशबाट एक्सट्रिम इनर्जी ड्रिंक्स र म्याक्स टाइगर खरिद गर्नेहरूको स्क्र्याच कुपनबाट वितेता बनेका उदय झाले मोबाइल र दश हजार रुपैयाँ जित्ने निशान्त साहलाई पनि मोबाइल र बैंक भौचर प्रदान गरिएको थियो । त्यस्तै कार्यक्रममा सहभागीले प्रश्नोत्तरमा भाग लिएर सही उत्तर दिएवापत विभिन्न उपहारसमेत हात पारेका थिए । 

पश्चिम नेपालका विभिन्न सहरमा कार्यक्रम सकेर पूर्वी नेपालतर्फ अघि बढेको ‘रेडियो अन ह्विल्स’ लाई मुख्य प्रायोजन एक्सट्रिम इनर्जी ड्रिंक्सले गरेको छ भने पावर्डबाइ नेपाल लाइफ इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक र टीभीएस रेडर रहेको रेडियो कान्तिपुरले जनाएको छ । वाईफाई नेपाल इन्टरनेट पार्टनर, स्न्याक्स पार्टनर रिजाल्स नमकिन, फर्निचर पार्टनर सोफा हब काठमाडौं, लुब्रिकेन्ट पार्टनर सर्वो, बन्डिङ पार्टनर राठीकोल रहेका छन् ।

देशका १५ सहरमा हुने कार्यक्रमलाई व्यवस्थापन इभेन्ट नेपालले गरिरहेको रेडियो कान्तिपुरका स्टेसन प्रमुख पवन आचार्यले बताए । आइतबार हेटौंडामा कार्यक्रम सकेर बर्दिवास पुगेको ‘रेडियो अन ह्विल्स’ को टोली सोमबार बर्दिवासमा कार्यक्रम सकिएसँगै ‘रेडियो अन ह्विल्स’ लिएर मंगलबार उदयपुरको गाईघाट पुग्ने आचार्यले बताए ।

सुनिता बराल कान्तिपुरकी महोत्तरी संवाददाता हुन् ।

Link copied successfully