गायक विश्व नेपालीले ‘मीठो, साह्रै मीठो’ गीत गाएसँगै रमाउन सुरु गरेका दर्शकले कार्यक्रमको अन्तिम समयसम्म धैर्य राख्दै र झुम्दै साथ दिएका हुन् ।
What you should know
महोत्तरी — महोत्तरीको बर्दिबासको मौसमलाई सोमबार रेडियो कान्तिपुरले आयोजना गरेको ‘एक्स्ट्रिम इनर्जी रेडियो अन ह्विल्स’ ले तताएको छ ।
गायक विश्व नेपालीले ‘मीठो, साह्रै मीठो’ गीत गाएसँगै रमाउन सुरु गरेका दर्शकले कार्यक्रमको अन्तिम समयसम्म धैर्य राख्दै र झुम्दै साथ दिएका हुन् ।
मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिंक्स र अन्य प्रायोजक संस्थाहरूको सहयोगमा रेडियो कान्तिपुरले आयोजना गरेको रेडियो अन ह्विल्समा हास्य कलाकार राजा राजेन्द्र पोखरेलको प्रस्तुतिमा हौसिँदै, हाँस्दै दर्शकले साथ दिएका थिए । डान्स च्याम्पियन नेपालकी विजेता वर्षा फुयाल तथा सिजन–१ की विजेता रोसिका राउतले पनि दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरे ।
विश्वले आफ्नो अर्को चर्चित गीत ‘तिम्रो माया’ गाएर दर्शकलाई नचाए भने पोखरेलले देशको पछिल्लो अवस्था र स्थितिलाई प्रस्तुतिमा समेट्दै विभिन्न क्यारिकेचर गरेर दर्शक हँसाए । दर्शक आकर्षक उपहार जित्ने प्रतियोगितामा पनि सहभागी भए । धेरै दर्शक लाइन लागेरै एक्स्ट्रिम इनर्जी ड्रिंक्स खरिद गरेर कुपन लिई लक्की ड्रमा सहभागी भए ।
‘रेडियो अन ह्विल्स’ कार्यक्रम स्थलमा राखिएका स्टलबाट एक्स्ट्रिम इनर्जी ड्रिंक्स र म्याक्स टाइगर इनर्जी ड्रिंक्स पिएर लक्की ड्रमा सहभागी भएकामध्येबाट सर्लाही हरिपुरका वीरेन्द्र साहले टी–२० विश्वकपको टिकटसहितको प्याकेज जिते । उनले लक्की ड्रबाट ४ रात ५ दिनको मुम्बई बसाइ र टिकटसमेतको प्याकेज जितेका हुन् ।
मधेश प्रदेशबाट एक्स्ट्रिम इनर्जी ड्रिंक्स र म्याक्स टाइगर खरिद गर्नेहरूको स्क्य्राच कुपनबाट विजेता बनेका उदय झाले मोबाइल प्राप्त गरे । दस हजार रुपैयाँ जित्ने निशान्त साहलाई पनि मोबाइल र बैंक भौचर प्रदान गरिएको थियो । त्यस्तै कार्यक्रममा सहभागीले प्रश्नोत्तरमा भाग लिएर सही उत्तर दिएबापत विभिन्न उपहारसमेत हात पारेका थिए ।
पश्चिम नेपालका विभिन्न सहरमा कार्यक्रम सकेर पूर्वी नेपालतर्फ अघि बढेको ‘रेडियो अन ह्विल्स’ लाई मुख्य प्रायोजन एक्स्ट्रिम इनर्जी ड्रिंक्सले गरेको छ भने पावर्ड बाइमा नेपाल लाइफ इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक र टीभीएस रेडर रहेका छन् । वाईफाई नेपाल इन्टरनेट पार्टनर, स्न्याक्स पार्टनर रिजाल्स नमकिन, फर्निचर पार्टनर सोफा हब काठमाडौं, लुब्रिकेन्ट पार्टनर सर्वो, बन्डिङ पार्टनर राठीकोल रहेका छन् ।
देशका १५ सहरमा हुने कार्यक्रमलाई व्यवस्थापन इभेन्ट नेपालले गरिरहेको रेडियो कान्तिपुरका स्टेसन प्रमुख पवन आचार्यले बताए । आइतबार हेटौंडामा कार्यक्रम सकेर सोमबार बर्दिबास पुगेको ‘रेडियो अन ह्विल्स’ को टोली मंगलबार उदयपुरको गाईघाट पुग्ने आचार्यले बताए ।
