उपचार गराउन बिहानै जनकपुर छोडेकी प्रदेश प्रमुखले बर्दिवासको कटेजमा पुगेर गरिन् मुख्यमन्त्री नियुक्त

बर्दिवासको कटेजमा पुगेर मुख्यमन्त्रीमा एमालेका यादवलाई नियुक्त गर्दा त्यहाँ पनि विरोध भएको छ ।

कार्तिक २४, २०८२

सुनिता बराल, सन्तोष सिंह, अजित तिवारी

The provincial chief, who left Janakpur early in the morning for treatment, arrived at the cottage in Bardibas and was appointed as the Chief Minister.

जनकपुर — मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी सोमबार बिहानै ४ बजे बिरामी छु भन्दै जनकपुरबाट काठमाडौंका लागि हिँडिन् । उनलाई कामचलाउ मुख्यमन्त्री जितेन्द्र सोनलले भेटेर शिघ्र स्वास्थ्य लाभको कामना गर्दै बिदाई गरे । 

बिरामीको बहाना गर्दै जनकपुर छोडेकी प्रदेश प्रमुख भण्डारीले अहिले बिहान बर्दिवासको पानस कटेज पुगेर संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेश प्रदेशको मुख्यमन्त्रीमा ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता सरोज कुमार यादव(महोत्तरी)लाई नियुक्त गरेकी छन् ।

प्रदेश प्रमुख भण्डारीलाई कांग्रेससहित ७ दलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलले सरकार बनाउन भन्दै आह्वान गर्न दबाब दिइरहेका थिए । एमालेले पनि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठन हुनुपर्ने भन्दै जनकपुरस्थित प्रदेश प्रमुखको कार्यालयमा नाराबाजी गरेको थियो । 

बर्दिवासको कालापानीस्थित होटल पानसमा सोमबार बिहान ५ बजेर २० मिनेटमा यादवलाई मुख्यमन्त्री पदको शपथसमेत गराइएको छ । होटलमै एमाले सांसद लखन दास तत्मा, नेपाल संघीय समाजवादी पार्टीकी सांसद बिमला अंसारी र राप्रपाकी सांसद कंचन बिच्छालाई विना विभागीय मन्त्रीको शपथ पनि गराइएको छ ।

आइतबार साँझ प्रदेश प्रमुख भण्डारीले नेपाली कांग्रेस, माओवादी, लोसपा, नेकपा एस, जनमत र जसपाका सांसदहरुसँग भेटर २/३ जना विज्ञहरुसँग छलफल गरी मात्रै निर्णय लिने प्रतिबद्धता जनाएकी थिइन् । तर सोमबार बहिान ३ बजे उपचारका लागि काठमाडौं जान लागेको भन्दै जनकपुरस्थित मधेश प्रदेश प्रमुखको भवनबाट निस्केर उनी बर्दिवासको पानस होटलमा पुगिन् । 

रातारात होटलमा बसेर मुख्यमन्त्रीमा एमालेका यादवलाई नियुक्त गर्दा त्यहाँ पनि विरोध भएको छ । उपचारको बहानामा भागेर कटेजमा कार्यालय स्थापना गरेर मुख्यमन्त्री नियुक्ति गरिएकोमा प्रदेश प्रमुख भण्डारीको आलोचना भइरहेको छ । 

The provincial chief, who left Janakpur early in the morning for treatment, arrived at the cottage in Bardibas and was appointed as the Chief Minister.

The provincial chief, who left Janakpur early in the morning for treatment, arrived at the cottage in Bardibas and was appointed as the Chief Minister.

सुनिता बराल कान्तिपुरकी महोत्तरी संवाददाता हुन् ।

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully