कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

पर्सामा लागूऔषधसहित २ पक्राउ 

शंकर आचार्य

पर्सा — प्रहरीले वीरगन्जबाट बिहीबार दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा जीतपुरसिमरा उपमहानगरपालिका–७ का २५ वर्षीय सुरज साह कलवार र २० वर्षीय सलमान अन्सारी छन् ।

पर्सामा लागूऔषधसहित २ पक्राउ 

मध्याह्न वीरगन्ज महानगरपालिका–२५ खल्वाटोलस्थित सडकखण्डमा सशस्त्र प्रहरी बल नेपाल र प्रहरी चौकी सिर्सियाबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलीले शंकास्पद रूपमा पैदल हिँडिरहेको व्यक्तिहरूलाई रोकी खानतलासी गर्दा उनीहरुले लगाएको जुत्ता र शरीरमा कालो प्लास्टिकमा लुकाइछिपाई राखिएको प्रतिबन्धित लागूऔषध नाइट्राभेट ३८ पत्तामा ५ सय ७० ट्याब्लेट फेला परेको थियो ।

उनीहरुमाथि लागूऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरी प्रवक्ता डीएसपी दीपक भारतीले जानकारी दिए ।

तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय पर्सा


प्रकाशित : श्रावण १०, २०८१ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×