कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सिरहा र धनुषाका २८ मजदुरको भारतबाट उद्धार

विनय आजाद

सिरहा — भारतको जम्मु कश्मीरको श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका सिरहा र धनुषाका २८ मजदुरको उद्धार गरिएको छ । सिरहाका २१ र धनुषाका ७ जना पुरुष मजदुरलाई भारतबाट उद्धार गरी शुक्रबार नेपाल ल्याइएको हो ।

सिरहा र धनुषाका २८ मजदुरको भारतबाट उद्धार

उद्धारका लागि भारत गएको मन्त्रालयका सचिव दिनेश भट्टराई नेतृत्वको टोलीले शुक्रबार उनीहरूलाई नेपाल फर्काएको हो । उनीहरूलाई आजै दुवै जिल्लाका मानव बेचबिखन नियन्त्रण समितिलाई जिम्मा लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय, सिरहाका अनुसार बिचौलियामार्फत रोजगारीका लागि भनेर भारत पुगेका उनीहरू पााच महिनादेखि नै परिवारसागको सम्पर्कमा थिएनन् । आफन्त र पीडित मजदुरको सूचनाका आधारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले उद्धारका लागि तदारुकता देखाएसागै उनीहरूको उद्धार गरिएको हो ।

मानव बेचबिखन नियन्त्रण समितिले अब मजदुरहरूलाई परिवारको जिम्मा लगाउनेछ । उनीहरूलाई कसरी र कसले पठाएको भन्ने विषयमा अनुसन्धान हुने जिल्ला प्रशासन कार्यालय, सिरहाका शाखा अधिकृत रवीन्द्रकुमार महतले बताए । ‘आजै उनीहरूलाई परिवारको जिम्मा लगाउने छौं,’ उनले कान्तिपुरसित भने, ‘त्यसपछि लगत्तै यसमाथि अनुसन्धान सुरु हुनेछ, यसमा संलग्नलाई अनुसन्धानको दायरामा ल्याएर कानुनी कारबाही हुनेछ ।’


प्रकाशित : श्रावण ११, २०८१ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×