कोभिड महामारीको समयमा सिम्रौनगढ नगरपालिकाले करोडौं लगानी गरेर सञ्चालनमा ल्याएको सुविधा सम्पन्न अस्पताल मंगलबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । कोराना कालमा सुलभ र छिटो स्वास्थ्य सेवा दिने उद्देश्यले सञ्चालनमा ल्याइएको १५ शय्या क्षमता भएको अस्पताल (अहिले नगरपालिकाअन्तर्गतको स्वास्थ्य शाखा) ले सोमबार एक सूचना प्रकाशित गरी ओपीडी (बहिरंग) सेवाबाहेकका सबै सेवा अर्को सूचना नआउन्जेलसम्मका लागि बन्द गरिएको जनाएको छ ।
किशोरीलाई बलात्कार गरेको अभियोगमा निजगढ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजु भनिने राजन श्रेष्ठलाई बारा जिल्ला अदालतले मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
कृषिमन्त्री ज्वालाकुमारी साहले किसानको वर्गीकरण गरी कृषिजन्य सुविधा बाँड्ने बताएकी छन् । गृहजिल्ला बाराको निर्वाचन क्षेत्र नम्बर २ पचरौता नगरपालिकाद्वारा आयाेजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले यस्तो बताएकी हुन् ।
बाराको महागढीमाई नगरपालिका ९ पूर्वी गण्डक नहरको सडकमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । माघे संक्रान्तिको अवसरमा महागढीमाईस्थित रमनाकमना माई मेला हेरेर सिम्रौनगढ नगरपालिका १ बैरियातर्फ जाँदै गरेको ना २६ प २२९५ नम्बरको मोटरसाइकलमा फर्किँदै गर्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त मोटरसाइकलमा ३ जना सवार थिए ।
पटक–पटक कार्यकारी पदमा रही अनुभव बटुलेका सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । यसअघि संघीय सरकारमा दुईपटक राज्यमन्त्री र मधेस प्रदेशका सभामुख भइसकेका उनी मुख्यमन्त्री बनेका हुन् ।
मधेसका केही जिल्लाको चुरे क्षेत्रमा गाँजा खेती मौलाएको छ । सर्लाही, बारा र पर्सालगायत जिल्लाका दुर्गमका बस्तीहरूमा गाँजा खेती हुँदै आएको हो । लागूऔषध गाँजाको खेती, सेवन तथा कारोबार गैरकानुनी भए पनि उत्पादन रोकिएको छैन । यसरी उत्पादित गाँजा देशभित्रै र भारततर्फ तस्करी हुने गरेको छ ।