१ नम्बर इजलासका न्यायाधीश प्रकाशकुमार अधिकारीको आदेशबाट भारतीय नागरिक रंजित मुखिया थुनामा गएको अदालतका स्रेस्तेदार राजकुमार दाहालले बताए ।
बारा — भारतीय नागरिक अजित सिंहको गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका अभियुक्तलाई बारा जिल्ला अदालतले पुर्पक्षका लागि शुक्रबार वीरगन्ज कारागार चलान गरेको छ । उनीमाथि तीन वर्षअघि नेपाल-भारत सीमावर्ती पचरौता नगरपालिका-६ पकडीयामा भारतीय नागरिक सिंहको हत्या गरेको आरोप छ ।
१ नम्बर इजलासका न्यायाधीश प्रकाशकुमार अधिकारीको आदेशबाट भारतीय नागरिक रंजित मुखिया थुनामा गएको अदालतका स्रेस्तेदार राजकुमार दाहालले बताए । श्रीमतीको मिलेमतोमा भारतीय नागरिक सिंहको २०८० असोज ९ मा हत्या भएको थियो ।
भारत विहार राज्यको मोतिहारी जिल्ला दरपा दरपा थानाअन्तर्गत ग्राम पञ्चायत तीनकोनी घर भई ३० वर्षीय रंजित ३ वर्षपछि गत बुधबार पचरौता-४ बेल्दारीबाट पक्राउ परेका थिए । पचरौता ६ पकडीया गाउँको लक्ष्मीनियाँ पोखरीको डिलमा सिंहको हत्या भएकाो थियो । हत्या गरिएका सिंहकी श्रीमती सोनम सहनी, रंजित मुखिया, रूपेशकुमार महतोसमेतले गोली हानी हत्या गरेको प्रहरीले अनुसन्धान गरेको थियो । आरोपित सबै र हत्या गरिएका सिंह भारतीय नै थिए । अजित र उनकी श्रीमती सिम्रौनगढ नगरपालिका-६ स्थित बजारमा बस्दै आएका थिए ।
