कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

नक्कली नोटसहित दुईजना पक्राउ

शिव पुरी

राैतहट —  प्रहरीले नक्कली नोटसहित बिहीबार राति पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका–८ का नजरे आलम र इमामुल हक दर्जी छन् ।

नक्कली नोटसहित दुईजना पक्राउ

उनीहरूलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरबाट खटिएको टोलीले नेपाली एक हजारको १३ थान नक्कली नोटसहित पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक एलिजा गिरीले नक्कली नोट कहाँबाट ल्याएको भन्ने बारेमा अनुसन्धान भइरहेको बताइन् । ‘अन्य समुहको संकलग्नता बारे पनि अनुसन्धान भइरहेको छ,’ उनले भनिन् ।

जिल्लामा पछिल्लो ३ वर्ष यता नक्कली नोटको कारोबार गर्ने गिरोह सक्रिय देखिन्छ । यसअघि २०७८ मंसिरमा रौतहटको सीमावर्ती प्रहरी चौकी मोतीपुर नरकटियाबाट खटिएको प्रहरी टोलीले परोहा नगरपालिका– ८ स्थित नरकटियाबाट भारत बिहारका विकाश जयसवाल र अजय प्रसादलाई १ हजारको ६९ थान र ५ सयको १ थान नक्कली नोट सहित पक्राउ गरेको थियो ।

त्यसको एक सातापछि २०७८ पुसमा प्रहरीले ९ लाख ९३ हजार रुपैयाँ नेपाली नक्कली नोटसहित धनुषा बट्टेश्वर गाउँपालिका–४ का शत्रुधन वरई ठाकुर, महोत्तरी बर्दिवास नगरपालिका–९ का रन्जित महतो र महोत्तरी भङ्गाहा नगरपालिका–४ प्रेमनगरका दिपेन्द्र कुमार महतोलाई पक्राउ गरेको थियो ।

प्रकाशित : श्रावण ११, २०८१ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×