३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

हरेक अपराधमा छानबिन हुनुपर्छ

पाठक पत्र

सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछाने मोलमोलाइ गरेर पदमा बसेका छन् । उनी ठीक भए छानबिन समिति बनाएर निष्पक्ष छानबिन गर भन्नुपर्थ्यो । उनले पार्टीका अन्य व्यक्तिलाई गृह मन्त्रालय दिन सक्थे । किन उनी नै टाँसिनुपर्‍यो ? कि रास्वपामा योग्य व्यक्ति अरू कोही छैन ? गृहमन्त्रीज्यू, मीठो बोलेर भएन, जिम्मेवार मन्त्रालयमा बसेपछि जनताले गरेको प्रश्नको उत्तर दिनुपर्‍यो । अहिलेको समस्या भनेको नेतामा नैतिकता रहेन । नेता भएपछि जे गरे पनि हुन्छ भन्ने मानसिकता बन्यो । जसका कारण देशमा अराजकता बढ्दै गयो ।

जननिर्वाचित उपप्रधान तथा गृहमन्त्री लामिछानेले आइतबार संसद्मा दिएको अभिव्यक्ति सुन्दा जोकोहीलाई अचम्म लाग्न सक्छ । हिजो मिडियामा काम गर्दा हरेक राजनीतिज्ञ दोषी देख्ने उनी अहिले आफूमाथि छानबिन गर्नुपर्छ भन्दा किन डराएका हुन् ? हरेक अपराधको छानबिन हुनुपर्छ । त्यसो भन्दैमा उनका विषयमा बोल्न नपाउने भन्ने हुँदैन । जनताले लामिछानेप्रति ठूलो आशा राखेका थिए तर उनले आफ्नो असली अनुहार देखाएका छन् ।
– पुरूषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : जेष्ठ ८, २०८१ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?