२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

बर्दियामा हावाहुरीले पचास भन्दा बढी घरमा क्षति

कमल पन्थी

बर्दिया —  बर्दियामा सोमबार बेलुका आएको हुरीले गुलरिया नगरपालिका र बढैयाताल गाउपालिकाका करिब ५० घरधुरीमा क्षति पुगेको छ । हावाहुरीले मानवीय क्षति नपुगेपनि केही पशुचौपाया घाइते भएको प्रहरीले जनाएको छ ।

बर्दियामा हावाहुरीले पचास भन्दा बढी घरमा क्षति

हुरीले सबै भन्दा बढी बढैयाताल गापा–४ बुटाहामा २५ घर बढी क्षति भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताए ।

हुरीले घरका छाना उडाउनुका साथै भित्ताहरु ढलेको उनले जनाए । हुरीले क्षति पुगेका घरको तथ्यांक लिने काम भईरहेको छ । यसैगरी बासगढी नपामा आएको हुरीले झण्डै दुई दर्जन घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । बासगढी नपा र बढैयाताल गापामा एक सय बढी विद्युतका पोल ढलेको नेपाल विद्युत प्राधिकरण,बर्दियाका प्रमुख नारायण अर्यालले बताए । सोमबार बेलुकाबाट विद्युत् आपूर्ति बन्द भएको छ ।


प्रकाशित : जेष्ठ ८, २०८१ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?